6 years ago
June 6, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चेनग्लाडवाच फ्रेइवर्गसँग स्तब्ध बनेको छ । मोन्चेनग्लाडवाच घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो ।

हारसँगै मोन्चेनग्लाडवाच ५६ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा फ्रेइवर्ग ४१ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । फ्रेइवर्गले अर्काे सिजनको युरोपा लिगको छनोट खेल खेल्ने सम्भावना बढेको छ । फ्रेइवर्ग छैटौ स्थानको वल्फ्सवर्गसँग मात्रै एक अंकले पछि छ । फ्रेइवर्गमा शुक्रबार राति भएको खेलमा खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि मोन्चेनग्लाडवाचले पाएको मौकालाई सदुपयोग गर्न सकेन । दुवै टोलीले पहिलो हाफमा केही सुन्दर मौका खेर फालेका थिए ।

५८औं मिनेटमा निल्स पिटर्सनले भिन्सेन्जो गिफ्रोको पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै गोल गर्न सफल भएको हो । पिटर्सन ५७औं मिनेटमा रोलान्ड सालाईको स्थानमा मैदान छिरेका थिए ।
१ गोलले पछि परेको मोन्चेनग्लाडवाच ६८ औं मिनटमा १० खेलाडीमा समेटियो । एलासेन प्लिया दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलमा मोन्चेनग्लाडवाचको खेलमा फर्कने आशा लगभग सकिएको थियो । १० खेलाडीमा समेटिएपनि मोन्चेनग्लाडवाचले लगातार पोस्ट आक्रमण बुनेपनि फ्रेइवर्गका गोलरक्षक याम सोमेरले उच्च प्रदर्शन गरेपछि गोल गर्न नसक्दा स्तब्ध बन्न हुन पुग्यो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]