6 years ago
June 6, 2020
एजेन्सी – आधुनिक फुटबलका हस्ती पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर (एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने) बनेका छन् । रोनाल्डो फुटबलबाट बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बनेका छन् ।

बेलायती पत्रिका फोब्र्सले जारी गरेको सुचीमा रोनाल्डो खेल दौरान नै १ बिलियन कमाई गर्ने तेस्रो खेलाडी बनेका हुन् । खेल करियरमा रहँदा यसअघि टाइगर वुड (२००९) र फ्लोयड मेवेदर (२०१७) मा १ बिलियन कमाइ गर्ने खेलाडीको सुचीमा अटाएका थिए । फोर्ब्सको पछिल्लो सुचीमा खेलकुद बाहिरका काइली जेनर र कान्य वेस्ट तथा टेनिस खेलाडी रोजर फेडेरर पनि १ बिलियन कमाई गर्नेको सुचीमा अटाएका छन् ।
रोनाल्डोले १७ वर्षे फुटबल करियरमा खेलबाट आउने तलबबाट नै ५११ मिलियन पाउन्ड (६५० मिलियन डलर) कमाएका छन् । यसबाहेक बाँकी पैसा भने उनले प्रायोजनबाट आर्जन गरेका हुन् । उनले कमाइको हिसाबले अर्का सुपरस्टार अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई पछि पारेका छन् । मेस्सीले खेलबाट नै २००५ देखि (४७५ मिलियन पाउन्ड) ६०५ मिलियन डलर कमाएका छन् । उनको प्रायोजन समेत रकम जोड्दा अर्को वर्ष बिलियनर हुने फोर्ब्सले अनुमान गरेको छ ।

रोनाल्डोको इन्स्टाग्राममा २०० मिलियन फलोअर्स छन् । ट्वीटर र फेसबुकमा पनि उत्तिकै छन् । उनले ट्वीटर र फोटो सेयरिङ एपबाट ४२७ मिलियन कमाएका छन् । खेल सामाग्री कम्पनि नाईकबाट रोनाल्डोले वार्षिक १५ मिलियन पाउन्ड र अन्य विभिन्न प्रायोजनबाट वार्षिक ३५ मिलियन पाउन्ड कमाउँदै आएका छन् ।
केहि दिन अघिमात्र ३५ वर्षीय रोनाल्डो वार्षिक कमाइ १०५ मिलियन डलर (८२.६ मिलियन पाउन्ड) सहित फोर्ब्स सुचीमा खेलाडीतर्फ तेस्रो स्थानमा अटाएका थिए । कोरोना संक्रमणका कारण युभेन्टसबाट तलब कटौतीसँगै प्रायोजन सम्झौतामा पनि असर परेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]