6 years ago
June 7, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफुले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व विंगर डि मारियाले अन्तिम समयमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेको हो । बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा बेचेको सिजनमै डि मारियालाई क्लबमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो ।
एक अन्तर्वार्तामा डि मारियाले आफुले बार्सिलोना नगई पीएसजीमा बस्ने निर्णय गरेकोमा आफु निकै खुसी रहेको बताएका छन् । ‘जतिबेला नेयमार पीएसजीमा आए । बार्सिलोनाले मलाई अनुबन्ध गर्न चाहेको थियो । दुई क्लबबीच औपचारिक छलफलसमेत भएको थियो । तर, म सहमत भइँन,’ डि मारियाले भने, ‘प्रस्ताव आएपछि सुरुमा जाने मनासय बनाइसकेको थिए । तर, पछि सहकर्मीको सल्लाहपछि नजान सुझाव दिए । मैले क्लबलाई त्यही भनें । बार्सिलोना नजाने निर्णय गरेकोमा धेरै खुशी छु ।’

उनले बार्सिलोना जाने निर्णय गरेको भए ठुलो भुल हुन सक्ने पनि बताएका छन् । यस्तै डि मारियाले आफु पीएसजीमै खुसी रहेको र आफ्नो खेल करियर पनि युरोपबाटै अन्त्य गर्ने चाहना रहेको बताएका छन् । ३२ वर्षीय डि मारियाले २०१० देखि २०१४ सम्म रियल म्याड्रिडबाट बार्सिलोनाविरुद्ध खेलेका थिए । डि मारियाले रियलका लागि १९४ खेलमा ३६ गोल गरेका छन् ।
एक सिजन २०१४–२०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि खेलेका डि मारिया २०१५ मा पीएसजी पुगेका थिए । डि मारियाले पीएसजीका लागि २१७ खेल खेल्दा ८१ गोल गरिसकेका छन् । पीएसजीमा उनी पाँचौ सिजन बिताइरहेका डि मारिया अझैपनि टोलीका मुख्य खेलाडीको रुपमा रहेका छन् । डि मारियाले पीएसजीबाट ४ फ्रेन्च लिग वान, समान तीन कोपा डि फ्रान्स, कोपा डि ला लिग र ट्रफी डि च्याम्पियन्स जितेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]