6 years ago
June 7, 2020
एजेन्सी – आरबी लाइप्जिग रेलिगेसेन जोनमा रहेको पाडेरवर्नसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली लाइप्जिग पाडेरवर्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

अन्तिम समयमा सम्हालिन नसक्दा लाइप्जिग बराबरीमा रोकिन बाध्य बनेको हो । रेडबुल एरिनामा शनिबार साँझ भएको खेलमा लाइप्जिगका प्याट्रिक सिकले गोल गर्दा पाडेरवर्नका क्रिस्टियन स्ट्रोडिएकले बराबरी गोल फर्काए । खेलको २७औं मिनेटमा टिमो वेर्नरको पासमा प्याट्रिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा लाइप्जिग १० खेलाडीमा समेटिन पुगेको थियो । डेओट उपमेकानो दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

१० खेलाडीमा समेटिएको लाइप्जिगले पहिलो हाफमा लिएको अग्रतालाई अन्तिम समयसम्म जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा क्रिस्टियनले गोल गर्दै हार टारे । बराबरीसँगै लाइप्जिग ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

लाइप्जिगलाई बराबरीमा रोकेको पाडेरवर्नको रेलिगेसन खतार अझै टरेको छैन । पाडेरवर्नको ३० खेलबाट २० अंक पुगेको छ । बुन्डेस लिगामा ४ चरणको खेल बाँकी रहँदा पाडेरवर्न रेलिगेसन जोन बाहिरको माइन्जसँग ११ अंकले पछि छ । रेलिगेसन जोनमा वेर्डर ब्रेमेन रहँदा फोर्टुना डुसेलडर्फ रेलिगेसन प्ले अफको स्थानमा रहेको छ ।
अन्य नतिजा
फ्रान्कफर्टविरुद्ध माइन्ज (०–२)
डुसेलडर्फविरुद्ध होफेनआइन (२–२)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]