6 years ago
June 7, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना महामारीका कारण प्रभावित बनेको यो सिजनको युइएफए च्याम्पियन्स लिगको बाँकी खेल अगस्टमा सकाउनको लागि एकै लेगको खेल गरेर ‘मिनी टुर्नामेन्ट’ को अवधारणा अघि सारेको छ ।

त्यही मिनि टुर्नामेन्ट युइएफएले पोर्चुगलको लिस्वनमा हुने सम्भावना बढी रहेको छ । यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानबुलमा हुने तय भएपनि कोरोनाका कारण प्रभावित बनेको थियो । च्याम्पियन्स लिगका बाँकी रहेका क्वाटरफाइनलदेखि फाइनलसम्मको खेल इस्तानबुलमा गराउने प्रस्ताव गरेपनि इस्तानबुल शहरले समर्थकविना आयोजनाको आर्थिक भार थेग्न नसक्ने प्रष्ट पारेको छ ।
रसियाको मस्को, जर्मनीको फ्रान्कफर्ट र पोर्चुगलको लिस्वनले आयोजना गर्ने दावी गरेपनि रिपोर्टको दावी अनुसार युइएफएका अध्यक्ष एलेक्सन्डर सेफरिनले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि रसियाको मस्कोको प्रस्तावलाई अस्वीकार गरिसकेको छ । युइएफएले लिस्वन र फ्रान्कफर्टबारे अध्ययन गरिरहेको छ । सम्भावित भेन्युको रुपमा लिस्वन नै अघि रहेको छ ।
फ्रान्कफर्टमा प्रतियोगिता आयोजना गर्दा जर्मन क्लबलाई घरेलु मैदानको फाइदा हुने आँकलन गरिदा पोर्चुगलका क्लबहरु च्याम्पियन्स लिगमा नरहेका कारण युइएफएले यही नै बाँकी खेलहरु खेलाउने सम्भावना रहेको छ । युइएफएको राजनीतिक कारण, पर्याप्त मात्रामा स्टेडियम, राम्रो व्यवस्थापन र कोरोना संक्रमणदरलाई नियन्त्रण गर्न सफल भएका कारण पनि लिस्वन उपयुक्त हुने देखिएको छ ।

लिस्वनले २०१४ मा फाइनलको सफल आयोजना गरेको थियो । जहाँ कार्लाे एन्सेलोटीको प्रशिक्षणमा स्पेनिस क्लब रियल म्याड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । जर्मन पत्रिका बिल्डका अनुसार पोर्चुगलको लिस्वन शहर च्याम्पियन्स लिगको क्वाटरफाइनल गर्नका लागि जर्मनीको फ्रान्कफर्टभन्दा अघि रहेको छ ।
तर, यसबारे १७ जुनमा बस्ने युइएफएको बोर्ड मिटिङले च्याम्पियन्स लिगको भेन्यु र खेल तालिकाबारे घोषणा गर्नेछ । युइएफएले अगस्टमा च्याम्पियन्स लिग सकाउने योजना बनाएको छ । यो सिजन स्पेनको एट्लेटिको मड्रिड, जर्मनीको आरबी लाइप्जिग, फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटलीको एटलान्टा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड, जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब चेल्सी, स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नेपोली तथा इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोनबीच प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल बाँकी छ । पहिलो लेगमा रियल सिटीसँग २–१ ले तथा युभेन्टस लियोनसँग १–० ले पछि छ । बायर्नले चेल्सीलाई ३–० ले पछि पार्दा बार्सिलोना र नेपोली १–१ गोलको बराबरीको अवस्थामा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]