default_image

4 years ago

June 7, 2020

लिगलाई मात्र एन्फाको १९ करोड भन्दा बढीको बजेट

प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबलमा एक वर्षमा कति लगानी हुन्छ त्यसको यकिन लेखा-जोखा अहिले सम्म भएको छैन । जिल्लाका क्लब, साना प्रतियोगितादेखि माथिल्लो स्तर क्लब, प्रतियोगितासम्मको सबै हिसाब निकाल्ने हो भने त्यसको हिसाब अर्बौंमा हुन आउँछ । यसबीचमा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ […]

41 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

घरेलु फुटबलमा एक वर्षमा कति लगानी हुन्छ त्यसको यकिन लेखा-जोखा अहिले सम्म भएको छैन । जिल्लाका क्लब, साना प्रतियोगितादेखि माथिल्लो स्तर क्लब, प्रतियोगितासम्मको सबै हिसाब निकाल्ने हो भने त्यसको हिसाब अर्बौंमा हुन आउँछ ।

यसबीचमा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ भन्दा बढी बजेट तयार गरेको छ । यो वर्ष भरी एन्फाले सबै खाले फुटबलको विकास, सहभागिता, व्यवस्थापनको खर्च गर्ने अनुमान आयव्यय हो । संघले आफैं आयोजना प्रतियोगिता, सम्बन्धित प्रदेश र जिल्लाअन्तर्गतका कार्यक्रम यस बजेटमा समेटिने गर्छ । क्लब, मोफसल प्रतियोगिता लगायत एकेडेमी र निजि संस्थाले गर्ने प्रतियोगिता यसमा हिसाब हुँदैन ।

एन्फाले आर्थिक वर्ष २०७७/०७८ को लागि जिल्ला देखि केन्द्र सम्मका सबै खाले लिगका लागि १९ करोड रुपैयाँ भन्दा बढी विनियोजन गरेको छ । जसमा जिल्लादेखि, प्रदेश लिग, ‘ए’,’बी’,’सी’ डिभिजन, राष्ट्रिय लिग र महिला लिग छन् । अलग अलग प्रतियोगितामा भाग लिने क्लबहरुको तयारी, व्यवस्थापनको खर्च हेर्ने हो भने एन्फाले खर्च गर्ने भन्दा निकै बढी हुन आउँछ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन्, ‘एन्फाले भन्दा बढी खर्च क्लबहरुले गरिरहेका हुन्छन् । ‘ए’ डिभिजनका लागि मध्य तालिकाको क्लबले पनि १ करोड खर्च गर्नुपर्ने हुन्छ । ‘बी’, ‘सी’ डिभिजन क्लबले पनि २०/२५ लाख रुपैयाँ खर्च गर्छन नै । जिल्ला, प्रदेश लिग खेल्ने क्लबको पनि अलग खर्च हुन्छ ।’

केन्द्र र मोसफलमा आयोजना हुने नकआउट फुटबल प्रतिायेगिता र त्यसमा सहभागी टोलीको खर्च निकाल्ने हो भने फुटबलमा हुने खर्च अझै बढी हुनेछ । एन्फाले वर्षका लागि योजना तयार पारिरहँदा कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिले कति असर गर्छ यसै भन्न सकिने अवस्था छैन । चैतदेखि सबैखाले फुटबल प्रतियोगिता स्थगित छ । एन्फाले प्रस्ताव गरेको कार्यक्रमहरु सबै वर्ष भरमा सकिनका लागि भदौको मध्यतिरबाट फुटबल गतिविध पूर्ण रुपमा सुरु गर्न पाउने अवस्था बन्नुपर्ने एन्फाले बताएको छ ।

एएफसीले हालै मात्र विश्व कप छनोटका लागि असोज महिनामा खेलाउने निर्णय गरेकाले एन्फाले पनि आफ्नो योजना अनुसार फुटबल गविविधि अघि बढ्ने अनुमान गरेको छ । गत साता एन्फाको कार्यसमिति बैठकले जिल्ला, प्रदेश लिग, एन्फा प्रेसिन्टेस प्रेसिडेन्ट्स कप, सहिद स्मारक ‘ए’,’बी’, ‘सी’, राष्ट्रिय लिग र महिला लिगका लागि बजेट अलग अलग बजेट विनियोजन गरेको छ ।

आफ्ना सदस्य ४८ जिल्ला लिगका लागि ३ करोड बढी विनियोजन गरेको एन्फाले ‘ए’ डिभिजन र राष्ट्रिय लिगका लागि समान ५ करोड भन्दा बढी छुट्याएको छ । ‘बी’ र ‘सी’ डिभिजनका लागि एन्फाले ३ करोड भन्दा बढी विनियोजन गरेको छ । महिला राष्ट्रिय लिगमा ३ करोड बढी खर्च हुने एन्फाको अनुमान छ ।

लिगमा खर्च हुने १९ करोड मध्ये आधा भन्दा बढी प्रायोजक र गेट मनीबाट संकलन गर्ने एन्फाको विश्वास छ । त्यस्तै असोज र कात्तिकमा दशरथ रंगशालमा हुने विश्व कप छनोटका ३ खेल र त्यसअघि हुने ३ वटा मैत्रीपूर्ण खेलबाट ३ करोड रुपैयाँ संकलन हुन अनुमान एन्फाले गरेको छ । त्यसमा नपुग रकम भने फिफाले उपलब्ध गराउने वार्षिक अनुदानबाट खर्च गरिनेछ । यसमा हरेक वर्ष ५० लाख रुपैयाँ नेपाल सरकारले पनि सहयोग गर्दै आएको छ ।

देशभरको फुटबल गतिविधिलाई हेर्ने हो भने फुटबलबाट आश्रिमहरुको संख्या ठूलो छ । त्यसकै लागि सरकारले फुटबलमा लगानी बढाउनुपर्दछ भन्ने माग एन्फाको रहँदै आएको महासचिव तुलाधरले बताए । फुटबल एउटा उद्योगका रुपमा विकास हुन सक्ने सम्भावना छ । ‘एन्फाले वर्षमा १९ करोड भन्दा बढी लिगका लागि खर्च गर्छ । क्लबहरुले त्यो भन्दा बढी खर्च गर्छन्,’ उनले भने, ‘फुटबल सञ्चालनको स्थायित्वका लागि केहि समय सरकारले लगानी गर्नुपर्दछ । आत्मनिर्भर भएपनि फुटबलले पक्कै गति लिनेछ । ‘

सामाजिक संस्थाको मोडलमा सञ्चालन हुँदै आएका क्लब पूर्ण रुपमा व्यवसायिक नबन्दा सम्म एन्फाले अनुदान दिनुपर्ने अवस्था छ । लिगको तयारीका लागि ‘ए’ डिभिजन १४ क्लबले समान २० लाख, ‘बी’ डिभिजन क्लबले १० लाख र ‘सी’ डिभिजनले ७ लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय लिगका सहभागी १० टोलीले १५ लाख रुपैयाँ तयारीमा प्राप्त गर्नेछन् ।

‘ए’,’बी’,’सी’ डिभिजनका क्लबले अलग्गै म्याच मनी पनि पाउनेछन् । ‘ए’ डिभिजन टोली लिगको एक खेलमा २५ हजार, बीको क्लबले १५ हजार र सीका क्लबले प्रतिखेल झन्डै ११ हजार रुपैयाँका दरले पाउनेछन् । लिगमा पुरस्कारका लागि मात्र पनि एन्फाले ३ करोड भन्दा बढी विनियोजन गरेको छ । ललित स्मृति यू-१८ लिगको आयोजनामा ५४ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

ए डिभिजन लिगका शीर्ष ६ टोली र प्रदेश लिगबाट छनोट भएका ४ गरि १० टोलीले राष्ट्रिय लिग खेल्नेछन् । जिल्लाका च्याम्पियन टोलीले प्रदेश लिग खेल्नेछन् । प्रदेश लिगका च्याम्पियन ७ टोलीले एन्फा प्रेसिडेन्ट्स कप खेल्नेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका शीर्ष ४ टोली राष्ट्रिय लिगका लागि छनोट हुने महासचिव तुलाधरले जानकारी दिए ।

राष्ट्रिय लिग खेल्ने क्लबले भने एन्फाको क्लब लाइसेन्सिङको मापदण्ड पुरा गर्नुपर्ने तुलाधरले बताए । मापदण्डका विषयमा छलफल चलिरहेको उल्लेख गर्दै उनले एएफसीको मापदण्ड भन्दा केहि खुकुलो हुने बताए । ‘हाम्रा ए डिभिजन क्लबले आउने दिनमा एएफसी क्लब लाइसेन्सिङ अनिवार्य रुपमा लिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसको अभ्यासका रुपमा हामीले एन्फाको मापदण्ड तयार पार्दैछौं ।’ यस वर्ष नेपालका कुनै पनि क्लबले एएफसी क्लब लाइसेन्सिङ प्राप्त गरेका छैनन् ।

सबै खाले लिगमा एन्फाले विनियोजन गरेको बजेट

४८ जिल्ला – ३ करोड ३३ लाख ६० हजार रुपैयाँ

‘ए’ डिभिजन लिग – ५ करोड ७६ लाख ३० हजार रुपैयाँ

‘बी’ डिभिजन लिग  – १ करोड ८६ लाख रुपैयाँ

‘सी’ डिभजन लिग – १ करोड ३८ लाख ४५ हजार रुपैयाँ

राष्ट्रिय लिग (प्रदेश लिग, एन्फा प्रेसिडेन्ट्स कप) – ५ करोड २५ लाख रुपैयाँ

महिला लिग – ३ करोड ३३ लाख ६० हजार रुपैयाँ

ललित स्मृति यू-१८ लिग – ५४ लाख २५ हजार

जम्मा – १९ करोड ४८ लाख ६० हजार रुपैयाँ

पुरस्कार राशी

राष्ट्रिय लिग – २ करोड रुपैयाँ

‘ए’ डिभिजन लिग – १ करोड ४४ लाख ४९ कजार रुपैयाँ

‘बी’ डिभिजन लिग – १९ लाख ५० हजार रुपैयाँ

‘सी’ डिभिजन लिग – १३ लाख रुपैयाँ

जम्मा -३ करोड ७७ लाख ४० हजार रुपैयाँ

तयारी खर्च

‘ए’ डिभिजन (प्रति क्लब २० लाख) – २ करोड ८० लाख रुपैयाँ

‘बी’ डिभिजन (प्रति क्लब १० लाख) – १ करोड २० लाख रुपैयाँ

‘सी’ डिभिजन (प्रति क्लब ७ लाख) – ९८ लाख रुपैयाँ

जम्मा – ४ करोड ९८ लाख रुपैयाँ

म्याच मनी

‘ए’ डिभिजन (प्रतिखेल ५० हजार,) ९१ खेल – ४५ लाख ५० हजार रुपैयाँ

‘बी’ डिभिजन (प्रति खेल ३० हजार ) ६६ खेल – १९ लाख ८० हजार रुपैयाँ

‘सी’ डिभजिन (प्रतिखेल झन्डै २२ हजार) ९१ खेल – १० लाख रुपैयाँ

जम्मा – ७५ लाख ३० हजार रुपैयाँ

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.