6 years ago
June 7, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानका छोरा तथा रियलका गोलरक्षक लुका जिदानले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार २२ वर्षीय गोलरक्षक लुकाको सम्झौता यसै समरमा सकिँदैछ । उनी फ्रि ट्रान्सफरमार्फत फ्रेन्च क्लब मोन्टपेलिएर जाने सम्भावना रहेको छ । जिदानले पहिलो रोजाईमा नियमित खेल्नको लागि नै क्लब छाड्ने योजना बनाएका हुन् ।
युवा गोलरक्षकले रियलको सिनियर टोलीको पहिलो रोजाईमा अवसर पाउने सम्भावना निकै न्यून देखेपछि भविष्य खोज्न अन्यत्र लागेका हुन् । रियलमा अहिले बेल्जियन स्टार थिवाउट कोर्टुवा र अल्फोन्स अरेओला रहेका छन् । दुवै राष्ट्रिय टोलीमा समेत नियमित खेल्दै आएका गोलरक्षक हुन् ।

जिदान यो सिजन दोस्रो डिभिजनको रेसिङ सान्टानडेरमा लोनमा खेलिरहेका छन् । उनले यो सिजन रेसिङको लागि २९ खेल खेलेका छन् । जुलाई १ मा जिदान र मोन्टपेलिएरबीच सम्झौता हुने बुझिएको छ। लुका जिदान म्याड्रिडकै एकेडेमीमा हुर्किएका गोलरक्षक हुन् । बुवा जिनेदिन जिदान रियलको महत्त्वपूर्ण खेलाडीको रुपमा रहँदा लुका २००४ मा म्याड्रिडको एकेडेमीमा आबद्ध भएका थिए ।
लुकाले रियलको ‘बी’ टिमबाट ५० खेल खेलेका छन् । सिनियर टोलीबाट मात्रै दुई खेलमा अवसर पाएका छन् । लुकाले २०१८ मेमा भिल्लारियल विरुद्धको २–२ गोलको बराबरी तथा गत सिजन हुएस्काविरुद्ध ३–२ को जित निकालेको खेलमा पहिलो रोजाईमा अवसर पाएका थिए । दुवै खेल दौरान उनकै बुबा जिनेदिन नै प्रशिक्षक थिए । तर, म्याड्रिडका लेजेन्ड जिदानले त्यसपछि थिवाउट कोर्टुवा र अल्फोन्स अरेओलालाई प्राथमिकतामा राखेका थिए ।

मार्काका अनुसार लुका जिदानले गत सिजन नै रियलको सम्झौता नविकरणको प्रस्ताव अस्वीकार गरेका थिए । फ्रान्सका यु–२० टोलीका महत्वपुर्ण सदस्य रहिसकेका लुकाले आफुलाई युरोपको शीर्ष लिगमा स्थापित गर्ने आशा राखेका छन् । जिदानका अर्का छोरा इन्जो जिदान पनि सन् २०१७ मा रियल छाडेर ला लिगा क्लब अलाभेस पुगेका थिए । इन्जो हाल अल्मेरियाका लागि खेलिरहेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]