default_image

6 years ago

June 10, 2020

रामोसलाई रियलको प्रस्ताव

138 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आफ्ना कप्तान सर्जियो रामोसलाई थप एकवर्षको लागि सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको छ । स्पेनिस सेन्टर ब्याक रामोसको रियलसँग हालको सम्झौता २०२१ सम्म रहेको छ ।

नयाँ सम्झौता भए उनी २०२२ सम्म म्याड्रिडमै रहनेछन् । रामोस सन् २००५ देखि म्याड्रिडमा रहेका छन् ।  ३४ वर्षे रामोस प्रशिक्षक जिनेदिन जिदानको मन जित्न सफल खेलाडी हुन् । रियलको प्रस्ताव स्वीकार गर्ने या नगर्ने रामोसकै निर्णयमा भर पर्नेछ । रामोसले सन्यास लिनुअघि अमेरिकी मेजर लिग सकर (एमएलएस) खेल्ने र त्यसपछि प्रशिक्षण करियर थाल्ने योजना बनाएका छन् ।

रामोसले नयाँ सम्झौता नवीकरण गरे रियलमा थप कीर्तिमान समेत बनाउने छन् । त्यसैले रामोसले सम्झौता नवीकरण स्वीकार्दै रियलमै बस्न सक्नेछन् । आफ्नो व्यावसायिक खेल करियरको अन्त्यतिर रहेका ३४ वर्षे रामोसले रियलबाट सर्वाधिक खेलमा कप्तानी गर्ने कीर्तिमान बनाउने सम्भावना छ । रियलमा यो कीर्तिमान लेजेन्ड राउल गोन्जालेज ब्लान्कोको नाममा रहेको छ ।

सन् २००५ देखि रियलमा रहेका रामोसले हालसम्म ६४० खेल खेल्दा २५२ खेलमा कप्तानी गरेका छन् । उनीभन्दा अघि राउलले २९८ खेलमा कप्तानी गरेका थिए । राउलले १९९४ देखि २०१० सम्म ७४१ खेल खेल्दा २९८ खेलमा रियलको कप्तानी सम्हालेका थिए । राउलले २००३ देखि रियलको कप्तानी सम्हालेका थिए । त्यसपछि इकर कासियसले २०१० देखि २०१५ सम्म रियलको कप्तानी गरेका थिए ।

रामोस राउलभन्दा ४६ खेलले मात्रै पछि छन् । रामोसको रियलमा २ वर्षको सम्झौता भएमा उनले यो लक्ष्यलाई भेटाउन सक्नेछन् ।
रियलमा हालसम्म १ सय भन्दा बढी खेलमा कप्तानी गर्नेमा राउल (२९८), रामोस (२५२), कासियस (२३४) र फर्नान्डो हिएरो (१०८) छन् ।

सन् २०१४/१५ को सिजनपछि इकर कासियसबाट कप्तानको आर्मब्याण्ड पाएका रामोसले रियलबाट २१ उपाधि जित्दा आफ्नै कप्तानीमा ५ सिजन बिताउँदा ११ उपाधि जितेका छन् । जसमा समान तीन च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप, समान दुई युइएफए सुपर कप र सुपर कोपा र एक स्पेनिस ला लिगा रहेका छन् । रामोसले यो सिजन ३४ खेल खेल्दै ७ गोल गरेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.