default_image

6 years ago

June 9, 2020

मधेशी आयोगले एन्फा अध्यक्ष शेर्पालाई सचेत गरायो

148 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

मधेशी आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई तराईमा राष्ट्रियताको कमी रहेको भन्ने जस्ता अभिव्यक्ति नदोहोराउन सचेत गराएको छ ।

जेठ महिनाको सुरुवातमा एक वेब पोर्टललाई दिएको अन्र्तवार्तामा ग्रासरुट फुटबलका विषयमा बोल्ने क्रमाम शेर्पाले तराईमा राष्ट्रियता कमी रहेको बताएपछि विवादमा तानिएका थिए । उनको त्यो अभिव्यिक्तिका विषयमा प्रतिनिधि सभामा समेत प्रश्न उठेको थियो ।

मधेशी आयोगले मंगलबार एक विज्ञप्ती जारी गर्दै अन्तवार्तामा तराईमा राष्ट्रियताको कमी रहेको भन्ने आपत्तिजनक शब्द प्रयोग भएको सम्बन्धमा आयोगको ध्यानाकर्ष भएको जनाएको छ । केहि व्यक्तिले उक्त अभिव्यक्तिविरुद्ध उजुरी दिएको सन्दर्भमा आयोगले शेर्पालाई मोखिक सोधनी गरेको पनि उल्लेख गरेको छ ।

आयोगले विज्ञप्तीमा भनेको छ , ‘उहाँले उक्त अन्तवार्तामा बोलेको कुराप्रति आत्मआलोचना गर्दै खेल भावना बाहेक कुनै मनसाय राखेर वा कुनै क्षेत्र, प्रदेश र भूगोललाई होच्याउने र नकारात्मक सन्देश प्रवाह गर्ने खोजेको होइन । यद्दपी अन्तर्वाताको क्रममा नेपाली दाजुभाई तथा दिदीबहिनी एवंम् त्यस क्षेत्रका नेपालीहरुमा व्यक्ति शब्दावलीबाट कुनै चोट वा ठेस पुग्न गएमा क्षमायाचना गर्ने प्रतिबद्धता सहितको निवेदन दिनुभएको प्रति आयोग सकारात्मक छ । ‘

शेर्पाको विवादास्पद अभिव्यक्तिका विषयमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबार प्रतिनिधि सभामा जवाफ समेत दिएका थिए । सांसद प्रदीप यादवले शेर्पाको अभिव्यक्तिको छानबिन गर्दै कारवाही गर्नुपर्ने माग राख्ने क्रममा मन्त्रीलाई आरोप लगाएपछि उनी पनि विवादमा परेका थिए ।

यादवले एन्फाले खेलकुद मन्त्री विश्वकर्मालाई माया गर्ने गरेको र १७ करोड रुपैयाँ दिएको भन्दै आरोप लगाएका थिए । त्यसको जवाफमा मन्त्री विश्वकर्माले यादवलाई आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । सोही क्रममा मन्त्रीले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिका विषयमा आफुलाई जानकारी नभएको बताएका थिए ।

‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’

एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका थिए ।

सोही विज्ञप्तीमा उनले भनेका थिए, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

शर्पाको विवादास्पत अभिव्यक्तिको छानविन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफालाई छुट्टा छुट्टै उजुरी गरेका थिए । एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न उजुरी दिएका दिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.