6 years ago
June 13, 2020
एजेन्सी – बार्सिलोनाले ला लिगामा शनिबार रियल मालोर्काको सामना गर्नेछ । कोरोना भाइरसका कारण स्थगित ला लिगा बिहीबारबाट सुरु भएको थियो । बार्सिलोनाका प्रशिक्षक क्विन्के स्टेनले लियोन मेस्सी र लुइस सुआरेज खेल सुरु गर्नका लागि पूर्ण रुपमा फिट रहेको बताएका छन् ।

अर्जेन्टिनाका सुपरस्टार प्रशिक्षणमा चोट बोकेपछि केहि समय विश्राममा थिए । तर, उनी यहि साताबाट अभ्यासमा फर्केका छन् । लामो समयदेखि चोटग्रस्त सुआरेज पनि पूर्ण रुपमा फिट रहेको बताइएको छ ।
‘सुआरेज खेल सुरु गर्नका लागि तयार छन् । तर उनी पुरा ९० मिनेटका लागि तयार छैनन,’ अनलाइनमार्फत भएको प्रेस कन्फ्रेन्सनमा प्रशिक्षक स्टेनले भने, ‘पाँच महिना पछि हामी जोखिम लिनेमा छैनौं । उनी खेल्दैछन् यो राम्रो कुरा हो ।’
उनले मेस्सीको बारेमा प्रष्ट पार्दै भने, ‘मेस्सी खेल्नेछन् । उनी फिट छन् । उनले अभ्यास पनि सुरु गरिसकेका छन् । केहि समस्या छैन । मेस्सी र अन्य खेलाडीलाई थाहा छ कति बेला के गर्नुपर्छ भन्ने ।’
बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । रियल भन्दा २ अंकले अगाडी रहेको बार्साले पहिलो पटक सेटिन प्रशिक्षक भएपछि मेस्सी, सुआरेज र एन्टोइन ग्रिजमनलाई एकसाथ खेलाउने अवसर पाएको छ ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]