6 years ago
June 13, 2020
एजेन्सी – कोप्पा इटालियाको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा आज राति चिरपरिचित प्रतिद्वन्द्वी नेपोली र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपोलीको मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ ।

नेपोलीले सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा १–० ले पराजित गरेको थियो । पहिलो लेगमा नेपोलीका मिडफिल्डर फावियन रुइजले गोल गरेका थिए । सोही प्रदर्शनलाई झन्डै चार महिनापछि पनि नेपोली निरन्तरता दिने अभियानमा हुनेछ । कोपा इटालिया फेब्रुअरी यता भएको छैन । कोरोना महामारीका कारण इटलीमा मार्च ९ देखि फुटबलका गतिविधि स्थगित छन् ।
खेल बराबरीमा सकिए नेपोलीलाई यही नतिजा फाइनल प्रवेश गर्न पर्याप्त हुनेछ । तर, घरेलु मैदानमा इन्टरलाई पराजित गर्ने लक्ष्यमा नै नेपोली मैदानमा उत्रनेछ । नेपोलीका लागि ड्रिएस मर्टेन्स र फावियन नै टोलीका हतियार हुनेछन् । यता, इन्टर मिलान घरेलु टोली नेपोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछ । इन्टर मिलानलाई फाइनल पुग्न जितले मात्रै पुग्दैन कम्तीमा पनि २ गोल गरेको जित आवश्यक छ ।
सिरी ‘ए’ मा उच्च प्रदर्शन गरिरहेको इन्टर मिलानका लागि लोउटारो मार्टिनेज, रोमेलु लुकाकु र भिक्टर मोसेसजस्ता स्टार खेलाडीहरुको साथ रहेको छ । यि खेलाडीले नतिजा उल्ट्याउन सक्ने क्षमता राख्दछ । शनिबार राति विजेता हुने टोलीले उपाधिका लागि युभेन्टसको सामना गर्नेछ ।

फाइनल १७ जुनमा हुने तय छ । युभेन्टसले एसी मिलानलाई अवे गोलमा पछि पार्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएको थियो । शुक्रबार घरेलु मैदानमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा एसी मिलान खेलको १७औं मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो ।
सिरी ‘ए’ २० जुनदेखि शुरु हुँदैछ । इटालियन फुटबल फेडेरेसन (एफआइजीसी) ले सिरी ‘ए’ सुरु गर्नुअघि कोप्पा इटालिया सकाउने योजना बनाएको थियो ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]