6 years ago
June 13, 2020
एजेन्सी – युभेन्टसका डिफेन्डर लिओनार्डो बोनुचीले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोले कोप्पा इटालियाको सेमिफाइनलमा एसी मिलानविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा उनको बचाउ गर्दै अभिव्यक्ति दिएका छन् ।

मिलानविरुद्ध खेलमा टोलीको कप्तानी सम्हालेका बोनुचीले जतिसुकै ठूलो खेलाडी पनि पेनाल्टीमा चुक्न सक्ने बताएका हुन् । ‘ रोनाल्डो हाम्रा लागि निकै महत्त्वपूर्ण खेलाडी हुन् । उनको उपस्थितिले नै विपक्षी डिफेन्समा दबाब बढ्छ । आज रोनाल्डोको भाग्य बलियो थिएन र मिलानका गोलरक्षक डोनारुम्माले पनि राम्रो खेले,’ उनले भने ।
‘पेनाल्टी त जस्तोसुकै ठूलो खेलाडी भएपनि कहिलेकाहिँ चुक्न सक्छन् । आज हाम्रो प्रदर्शन केहि खस्किएको महसुस भयो । लामो समयपछि मैदान फर्केका छौं । अब फेरी उही पुरानो युभेन्टस र रोनाल्डो देख्न पाउनुहुनेछ,’ उनले थपे ।
बोनुची अघिल्लो सिजन मात्र युभेन्टसबाट एसी मिलान पुगेका थिए । त्यहाँ एक सिजन बिताएपछि उनि पुन: टुरीन क्लब फर्किएका हुन् । बोनुचीले सेमिफाइनलमा मिलानले गरेको प्रदर्शनको प्रशंसा समेत गरे । उनले युभेन्टसको अबको ध्यान बुधबार हुने फाइनलमा रहेको बताए ।

‘आजको मुख्य लक्ष्य भनेको फाइनल पुग्नु थियो । अब त्यो प्राप्त भएपछि बुधबार फाइनलमा सबैको ध्यान रहेको छ । आजको खेलमा निकै फरक महसुस भयो,’ बोनुचीले भने ।
‘हामीले नयाँ वातावरणमा खेल्दा केहि असहज पनि भयो । सुरुवात राम्रो भएपनि खेल अगाडी बढ्दै जाँदा एकै लयमा खेल्न सकेनौं,’ उनले थपे, ‘ मिलानले निकै राम्रो प्रदर्शन गर्यो । मिलान १० खेलाडीमा समेटिए पनि अन्तिमसम्म हामी ढुक्क हुने अवस्था थिएन ।’
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]