6 years ago
June 13, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगाको ३१औं चरणको खेलमा आज (शनिबार) विभिन्न ६ खेल हुँदैछ । बुन्डेसलिगामा शनिबार राति उपाधिनजिक रहेको बायर्न म्युनिखले बोरुसिया मोन्चनेग्लाडबाकको तथा बोरुसिया डर्टमुन्डले फोर्टुना डुसेलडर्फको सामना गर्दैछ ।

डर्टमुन्डको खेल डुसेलडर्फको मैदानमा साँझ ७ः१५ बजेपछि हुनेछ । डर्टमुन्ड घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानको बायर्नसँगको अंक दुरी छोट्याउने योजनामा हुनेछ । हार या बराबरीले डर्टमुन्डको उपाधि यात्रा लगभग समाप्त हुनेछ । डर्टमुन्डका लागि जाडोन सान्चो, थोर्गन हजार्ड, जुलियन ब्रान्ट, अचरफ हाकिमी र म्याट हमेल्स मुख्य हतियार हुनेछ ।
पछिल्ला केहि खेलमा अनुपस्थित रहेका युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले चोटबाट पूनरागमन गर्ने सम्भावना रहेको छ । हालान्डले जनवरी ट्रान्सफरमा आबद्ध भएपछि खेलमा ११ खेलमा १० गोल गरेका छन् । कप्तान मार्को रिउस पनि घाइते रहेकाले हालान्डले शनिबार सुरुवाती रोजाईमा पर्ने सम्भावना बलियो छ ।
डर्टमुन्ड उपाधिको झिनो सम्भावना कायम राख्न जित हासिल गर्न चाहन्छ । यता डुसेलडर्फ डर्टमुन्डलाई स्तब्ध पार्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । डर्टमुन्ड ६३ अंक जोडेर दोस्रो तथा डुसेलडर्फ २८ अंक जोडेर १६औं स्थानमा छ ।
अन्य खेल
एफसी कोल्नविरुद्ध युनियन बर्लिन (साँझ ७ः१५ बजे)
हर्था बर्लिनविरुद्ध आइनट्राख्ट फ्रान्कफर्ट (साँझ ७ः१५ बजे)
पाडेरवर्नविरुद्ध वेर्डर ब्रेमेन (साँझ ७ः१५ बजे)
वल्फ्सवर्गविरुद्ध फ्रेइवर्ग (साँझ ७ः१५ बजे)
बायर्न म्युनिखविरुद्ध बोरुसिया मोन्चेनग्लाडबाक (राती १०:१५ बजे)
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]