6 years ago
June 13, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगाको ३१औं चरणको खेलमा आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ । बुन्डेस लिगामा शनिबार राति उपाधिनजिक रहेको बायर्न म्युनिखले बोरुसिया मोन्चनेग्लाडबाकको सामना गर्दैछ । खेल बायर्नको घरेलु मैदानमा राति १०ः१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा बायर्न सहज जित निकाल्दै लगातार आठौं सिजन बुन्डेस लिगाको उपाधिलाई थप मजवुत बनाउन चाहन्छ । बुन्डेस लिगामा चार चरणको खेल बाँकी रहँदा बायर्नले दोस्रो स्थानको डर्टमण्ड भन्दा ७ अंकले पछि पारेको छ । बायर्नलाई उपाधिको लागि मात्रै दुई जितको खाँचो छ । बायर्नको ३० खेलमा ७० अंक छ । डर्टमुडको ६३ अंक छ ।
बायर्नलाई फरवार्ड रोबर्ट लेवान्डोस्की र थोमस मुलरको अभाव हुन सक्नेछ । उनीहरु दोहोरो पहेंलो कार्डका कारण प्रतिबन्धमा छन् । उनीहरुको विकल्पमा बायर्नको अग्रपङ्ति इभान पेरिसिस, किङ्सले कोमन र सर्जी जिनाब्रीले सम्हाल्नेछन् । लियोन गोरेट्जका, जोसुवा किम्मिच, बेन्जामिन पाभर्ड,म्यानुयल नुएरलगायतका स्टार खेलाडी हुनेछन् ।
यता, मोन्चेनग्लाडबाक घरेलु टोलीलाई पराजित गर्दै शीर्ष चारको दौडलाई बलियो बनाउन चहान्छ । मोन्चेनग्लाडबाकले गोल अन्तरमा बायर लिभरकुसनलाई पछि पार्दै चौथो स्थानमा रहेको हो । मोन्चेनग्लाडबाकले ५६ अंक छ ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]