6 years ago
June 13, 2020
एजेन्सी – स्पेनिस ला लिगा आज (शनिबार) राति विभिन्न चार खेल हुँदैछ । शीर्षस्थानको बार्सिलोना कोरोना महामारीपछि पहिलो खेलमा मालोर्काको भ्रमणमा निस्कदैछ ।

बार्सिलोना र मालोर्काबीचको खेल राति १ः४५ बजेपछि सुरु हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीविरुद्ध सहज जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा बलियो पकड बनाउने योजनामा मैदानमा उत्रनेछ ।
बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज, एन्टोइन ग्रिजमनले अग्रपंक्ति सम्हाल्नेछन् । फ्रान्की डि जोङ, इभान राकिटिच जोर्डी अल्वा, जेरार्ड पिके र मार्क आन्द्रे टेर स्टेगन लगायतका खेलाडी मालोर्काविरुद्ध मैदानमा उपलब्ध हुनेछ ।
यता, मालोर्का घरेलु मैदानमा बार्सिलोनाविरुद्ध अंक नगुमाउने रणनीतिमा मैदानमा उत्रनेछ । मालोर्का बार्सिलोनालाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट माथि उठ्ने अथवा कम्तीमा पनि बराबरी खेल्दै अंक बटुल्ने लक्ष्यमा हुनेछ ।
बार्सिलोना ५८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ५६ अंक छ । मलोर्का २५ अंक जोडेर १७औं स्थानमा छ।
अन्य खेल
इस्पान्योलविरुद्ध डिपोर्टिभो अल्भेस (साँझ ५ः४५ बजे)
सेल्टा डि भिगोविरुद्ध भिल्ला रियल राति (८ः४५ बजे)
लेगानेसविरुद्ध रियल भालाडोलिड (राति ११ः१५ बजे)
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]