default_image

6 years ago

June 13, 2020

दोस्रो श्रेणीको वेस्ट ब्रोमसँग युनाइटेडको हार

117 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको लिग सुचारु हुन लाग्दा तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा दोस्रो श्रेणीको वेस्ट ब्रोमसँग हार बेहोरेको छ ।

शुक्रबार युनाइटेडको मैदान ओल्ड ट्राफर्डमा भएको दुवै खेलमा घरेलु टोलीले बलियो टोली उतारेको थियो । पहिलो खेल २-१ ले गुमाएपनि दोस्रो खेलमा युनाइटेड ३-१ ले विजयी रहेको थियो । युनाइटेडले अघिल्लो साता नै स्टोकसिटीसँग खेल्ने तयारी रहेपनि अन्तिम समयमा खेल रद्द भएको थियो । स्टोकका प्रशिक्षक माइकल ओनिललाई कोरोना संक्रमण पुष्टि भएपछि खेल हुन सकेको थिएन ।

युनाइटेडले प्रिमियर लिग फर्कंदा पहिलो खेलमा टोटेनहम हट्स्परसँग खेल्दैछ । टोलीमा पहिलो पटक स्टार मिडफिल्डरद्वय ब्रुनो फर्नान्डेस र पल पोग्बा एकसाथ मैदानमा उत्रनेछन् । वेस्ट ब्रोमविरुद्ध पहिलो खेलमा फर्नान्डेसले युनाइटेडलाई अग्रता दिलाएका थिए । तर म्याट फिलिप्स र केनेथ जोहोरेले अन्त्यतिर गोल गरेपछि युनाइटेड पराजित भएको थियो ।

दोस्रो खेलमा युनाइटेडको आक्रमण नाइजेरियाका फरवार्ड ओडीओन इघालोले सम्हालेका थिए । भर्खर मात्र युनाइटेडमा लोन समय बढाएका उनले गोल गर्न भने सकेनन् । मिडफिल्डर आन्द्रेस परेराले दुई गोल गर्दै युनाइटेडलाई सुखद सुरुवात दिलाएका थिए । काइल एडवार्ड्सले वेस्ट ब्रोमका लागि गोल गरेपनि ताहित चोङले अन्तिम समयमा गोल गर्दै जित पक्का गरे ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.