default_image

6 years ago

June 13, 2020

हालान्डको गोलमा डर्टमुन्डको संघर्षपुर्ण जित

148 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा युवा सनसनी एर्लिङ ब्राउट हालान्डको गोलसँगै बोरुसिया डर्टमुन्डले रेलिगेसन जोन नजिक रहेको फोर्टुना डुसेलडर्फमासथि संघर्षपुर्ण जित निकालेको छ ।

डुसेलडर्फमाथिको १–० को संघर्षपुर्ण जितसँगै डर्टमुन्डको जर्मन बुन्डेसलिगाको उपाधि यात्रा जीवितै बनेको छ । जितसँगै डर्टमुन्डको ३१ खेलबाट ६६ अंक पुगेको छ । जुन शीर्षस्थानको एक खेल कम खेलेको बायर्न म्युनिखभन्दा ४ अंकले कम हो । बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहेको छ ।

इस्प्रिट एरिना डुसेलडर्फमा भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि डर्टमुन्डले गाल गर्न सकेन । १७औं मिनेटमा अचरफ हाकिमीको पासमा जाडोन सान्चोले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा डर्टमुन्ड अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा सान्चोको पासमा जुलियन ब्रान्डले गोलरक्षक फ्लोरियन कास्टेनमियरलाई बिट गर्ने प्रयास गरेपनि आन्द्रे होफमनले उत्कृष्ट स्लाइड ट्याकल गर्दै बचाए । २९औं मिनेटमा जुलियन ब्रान्डको प्रहारलाई गोलरक्षक फ्लोरियनले बचाए ।

दोस्रो हाफमा डर्टमुन्डले युवा सनसनी एर्लिङ ब्राउट हालान्डलाई मैदानमा पठाएपनि सुरुवाती प्रयासमा गोल गर्न असफल बन्यो । ६५औं मिनेटमा राफयल गुरेरोगोल गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा डर्टमुन्डले अग्रता लिनबाट चुक्यो । ८१औं मिनेटमा स्टेभनको प्रहार पोस्टमा लागेर फर्कदा घरेलु टोली चुकचुकायो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई १–० को जितसँगै महत्वपुर्ण ३ अंक दिलाए ।

उनले म्यानुयल एकान्जीको पासमा गोल गरेका थिए । हालान्ड ६१औं मिनेटमा एक्सेल विस्टेलको स्थानमा प्रवेश गरेका थिए ।  डर्टमुन्डसँग पराजित डुसेलडर्फ २८ अंक जोडेर १६औं स्थानमा यथावत छ । जुन रेलिगेसन प्लेअफ खेल्नुपर्ने स्थान हो ।

यस्तै रेलिगेसन जोनमा रहेका वेर्डर ब्रेमेन र पाडेरवर्नको भिडन्तमा वेर्डर ब्रेमेन ५–१ ले विजयी भएको छ । वेर्डर ब्रेमेनको जितमा डाभी क्लासेनले दुई तथा युया ओसाको, म्याक्सिमिलियन एगेस्टिन र निकलस फुलक्रुगले समान एक गोल गरे । पाडेरवर्नका अब्देलहामिद साविरीले सान्त्वना गोल फर्काए ।

जितपछि पनि रेलिगेसन जोनमै रहेको व्रेमेन रेलिगेसन जोनभन्दा ३ अंकले मात्रै पछि छ । पाडेरवर्न यो सिजन रेलिगेसनमा पर्ने पक्का जस्तै भएको छ । रेलिगेसन बचाउन पाडेरवर्नलाई अब बाँकी तीन खेलमा ९ अंक पनि पर्याप्त हुनेछैन ।

अन्य नतिजा 

एफसी कोल्नविरुद्ध युनियन बर्लिन (१–)

हर्था बर्लिनविरुद्ध फ्रान्कफर्ट (१–)

वल्फ्सवर्गविरुद्ध फ्रेइवर्ग (२–२)

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.