default_image

6 years ago

June 15, 2020

लिभरकुसन चौथो स्थानमा उक्लियो

140 views

0 Bookmark

एजेन्सी – बायर लिभरकुसन जर्मन बुन्डेसलिगाको चौथो स्थानमा उक्लिएको छ । साल्केसँग १–१ गोलको बराबरीमा रोकिएपनि लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लन सफल भएको हो ।

लिभरकुसनले बोरुसिया मोन्चेनग्लडवाकलाई पछि पार्दै चौथो स्थानमा उक्लन सफल भएको हो । लिभरकुसनको ३१ खेलबाट ५७ अंक पुगेको छ । समान खेलबाटै मोन्चेनग्लाडवाकको ५६ अंक छ । यस्तै साल्के पनि नवौं स्थानमा उक्लन सफल भएको छ । साल्को ३९ अंक पुगेको छ ।

भेल्टिन्स एरिनामा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । घरेलु टोलीमाथि लगतार दवाव सिर्जना गरेपनि लिभरकुसनले गोल गर्न असमर्थ बनेको थियो ।

घरेलु टोलीलाई लगातार दवावमा राखेपनि आफ्नै गल्तीमा लिभरकुसनले गोल खान पुगेको थियो । ४७औं मिनेटमा लिभरकुसनका इडमोन्ड तापसोवाले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा साल्केलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा ड्यानियल कालिगुइरी चुकेनन् ।

खेलमा पछि परेपछि लिभरकुसनले घरेलु टोलीलाई लगातार दवाव दिइरहेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८१औं मिनेटमा जुवान मिरान्डाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरी पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

यस्तै आइतबार राति नै भएको अर्काे खेलमा अग्सवर्गले माइन्जलाई १–० ले पराजित गरेको छ । खेलको पहिलो मिनेटमा फ्लोरियन निदेरलेच्नरले गरेको गोल नै अग्सवर्गको जितमा निर्णायक बन्यो । जितसँगै अग्सवर्ग ३५ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । हारपछि माइन्ज ३१ अंक जोडेर १५औं स्थानमा यथावत छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.