default_image

6 years ago

June 15, 2020

क्युपिआरको पोस्टमा चेल्सीको आधादर्जन गोल

129 views

0 Bookmark

एजेन्सी – कोरोनापछि शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगअघिको मैत्रीपुर्ण खेलमा लन्डन क्लब चेल्सीले दोस्रो श्रेणीको क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) माथि सानदार जित निकालेको छ ।

स्टामफोर्ड ब्रिजमा क्युपिआरमाथि ७–१ को फराकिलो जितमा चेल्सीका रुवेन लफटस चिक, बिल्ली गिल्मरले समान २ तथा मासन माउन्ट, विलियन र ओलिभर जिरुउडले समान एक गोल गरे ।

रुवेन लफटस चिक चोटका कारण पछिल्लो एक वर्षयता मैदान बाहिर रहेका थिए । उनले चोटपछिको पूनरागमनको आफ्नो पहिलो खेलमा उच्च प्रदर्शन गरेका हुन् । यस्तै बिल्ली गिल्मरले पनि क्युपिआरविरुद्धको खेलमा आफ्नो प्रभाव देखाए ।

अभ्यासमा फर्किएको केही दिनपछि त्रासका कारण टिमसँगको प्रशिक्षण छाडेर एकल प्रशिक्षणपछि पुन टिमसँगको प्रशिक्षणमा फर्किएका एङगोलो कान्टेले पनि क्युपिआरविरुद्धको खेलमा उच्च प्रदर्शन गरेका थिए ।

चेल्सीले पहिलो हाफमा ४–१ को आरामदायी अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि चेल्सीले थप ३ गोल गर्दै फराकिलो जित आत्मसात गर्‍यो । यो जितले चेल्सी प्रिमियर लिगमा फर्कन तयार रहेको संकेत दिएको छ । १७ जुनपछि शुरु हुने प्रिमियर लिगमा चेल्सीले २१ जुनमा एस्टन भिल्लासँग खेल्दैछ ।

चेल्सी २९ खेलबाट ४८ अंक जोडेर शीर्ष चारभित्र रहेको छ । चेल्सीलाई म्यानचेस्टर युनाइटेडले पछ्याइरहेको छ । युनाइटेडको ४५ अंक छ । कोरोनाका कारण प्रिमियर लिग स्थगित हुनुअघि चेल्सीले एभर्टनमाथि ४–० को सानदार जित निकालेको थियो ।

क्युपिआर २०१४ मा प्रिमियर लिगमा बढुवा भएपनि अर्काे सिजन नै घटुवा हुन पुगेको थियो । च्याम्पियनसिपमा क्युपिआरले २० जुनमा ब्रान्सलीसँग प्रतिस्पर्धा गर्दैछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.