6 years ago
June 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबार १ बजेको लागि आपतकालिन बैठक आह्वान गरेको थियो । एन्फाले आपतकालिन बैठकका लागि ५ सदस्यीय टोली बनाएको थियो ।

जसमा अध्यक्ष कर्माछिरिङ शेर्पासँगै नेम्वाङ, महासचिव इन्द्रमान तुलाधर, उपाध्यक्षत्रय कृष्ण थापा, वीर बहादुर खड्का र उपेन्द्रमान सिंह रहेका छन् । तर, बैठकमा अस्वस्थका कारण वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ अनुपस्थित रहने जानकारी आएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए ।
‘छलफल जारी छ । वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अस्वस्थका कारण बैठकमा नआउने इमेलमार्फत जानकारी गराइसकेका छन् । बैठकमा छलफल भएपनि निर्णय केही हुनेछैन,’ महासचिव तुलाधरले भने, ‘बैठक ५ जनाको कोरम नपुगी बस्न मिल्दैन । बसेपनि केही निर्णय गर्न सकिदैन । तर, २४ घन्टाभित्रमा केन्द्रिय समितिको बैठक बोलाउन सक्नेछ ।’
एन्फाको आपतकालिन बैठकमा चार एजेन्डा मानार्थ अध्यक्षमा टासी घलेलाई पुनः ल्याउने विषय, कोरोना राहतको विषय, भक्तपुर जिल्ला फुटबल संघको विषय र विविध विषय रहेको छ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]