6 years ago
June 15, 2020
एजेन्सी – इटालियन क्लब एटलान्टाले इंग्लिस क्लब चेल्सीका मिडफिल्डर मारियो पासालिकलाई स्थायी अनुबन्ध गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सिजन लोनमा खेलिरहेका पासालिकलाई एटलान्टाले यो सिजनको अन्त्यसँगै स्थायी अनुबन्ध गर्ने निर्णय गरेको हो ।

एटलान्टाका स्पोर्टिङ निर्देशक जियोभानी सार्टाेरीले २५ वर्षीय क्रोएसियन मिडफिल्डर पासालिकलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्ने पक्का भएको बताएका छन् । एटलान्टाले १३ मिलियन पाउन्डमा पासालिकलाई अनुबन्ध गर्ने बुझिएको छ । पासालिक सन् २०१४ मा क्रोएसियन क्लब हादजुक स्पिटबाट लन्डन क्लब चेल्सीमा आएपनि उनी लगातार लोनमा खेलिरहेका छन् । पासालिकले हालसम्म एटलान्टासँगै इल्चे, मोनाको, एसी मिलान र स्पार्कटक मस्कोबाट लोनमा खेलिसकेका छन् ।
‘हामी मारियो पासालिकलाई चेल्सीबाट स्थायी रुपमा आफ्नो खेलाडी बनाउन चहान्छौं । हामी खरिदको विकल्प प्रयोग गर्न चहान्छौं ।’ स्पोर्टिङ निर्देशक सार्टाेरीले भने, ‘क्रोएसियन खेलाडीको लागि सिरी ‘ए’ क्लबमा सम्झौता गर्न स्वतन्त्र छ । जबसम्म उनले १३ मिलियन पाउन्डको प्रक्रिया पुरा गर्दछ ।’
चेल्सीले गत सिजन मात्रै पेसालिकलाई २०२२ सम्मको लागि सम्झौता नवीकरण गरेको थियो । मिडफिल्डर पासालिकले एटालान्टाका लागि पछिल्लो दुई सिजनमा ७४ खेलमा १५ गोल गरेका छन् । उनी टोलीका मुख्य खेलाडीको रुपमा उभिएका छन् ।
उनकै उच्च प्रदर्शनमा एटलान्टा अघिल्लो सिरी ‘ए’ मा तेस्रो स्थानमा रहँदै पहिलोपटक च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको थियो । एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । एटलान्टाले प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब भ्यालेन्सियामाथि समग्रमा ८–४ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
एटलान्टा यो सिजन पनि च्याम्पियन्स लिगको छनोट नजिक छ । चौथो स्थानमा रहेको एटलान्टाको ४८ अंक छ । एटलान्टालाई रोमा (४५) ले पछ्याइरहेको छ । कोरोना कारण गएको मार्चदेखि स्थगित सिरी ‘ए’ २० जुनदेखि शुरु हुदैछ । एटलान्टाले २१ जुनमा ससुलोसँग खेल्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]