6 years ago
June 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अस्वस्थका कारण वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ अनुपस्थित रहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन समितिको बैठक स्थगित भएको छ ।

एन्फाले मानार्थ अध्यक्षसहितको विभिन्न ४ एजेन्डामा छलफल गर्न १ बजे आपतकालिन बैठक बोलाएको थियो । तर, वरिष्ठ उपाध्यक्ष नेम्वाङले स्वास्थ्यको कारण देखाउदै आउने नसक्ने बताएपछि एन्फाको बैठक स्थगित गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी गराएका छन् ।
आपतकालिन बैठकमा कुनैपनि सदस्य अनुपस्थित रहेको खण्डमा बैठकको निर्णयको औचित्य नहुने भएपछि बैठक स्थगित भएको हो ।
एन्फाले आइतबार विभिन्न ४ एजेन्डामा छलफलको लागि आपतकालिन बैठक बोलाएको हो । एन्फाको आपतकालिन समितिमा अध्यक्ष कर्माछिरिङ शेर्पासहित चार उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, कृष्ण थापा, वीरबहादुर खड्का र उपेन्द्रमान सिंह रहेका छन् ।
सोमबारको आपतकालिन बैठक स्थगित भएसँगै एन्फाले आपतकालिन कार्यसमितिको बैठक भोलिका लागि आह्वान गरेको हो । बैठक दिउँसो २ बजे बस्नेछ ।
एन्फाको आपतकालिन बैठकमा चार एजेन्डा मानार्थ अध्यक्षमा टासी घलेलाई पुनः ल्याउने विषय, कोरोना राहतको विषय, भक्तपुर जिल्ला फुटबल संघको विषय र विविध विषय रहेको थियो । मंगलबारको कार्यसमिति बैठकमा यही विषयमा छलफल र निर्णय हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]