default_image

6 years ago

June 15, 2020

मेस्सी गोल गर्ने मात्र खेलाडी होइनन्

188 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लिओनेल मेस्सीलाई उनको गोल गर्ने क्षमताका आधारमा मात्र हेर्न नहुने टोलीका प्रशिक्षक किके सेटिनले बताएका छन् ।

मेस्सीले शनिबार मालोर्काविरुद्ध ४-० को जितमा उत्कृष्ट प्रदर्शन गरेपछि सेटिनले यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त खेलमा मेस्सीले १ गोल गर्नुका साथै २ असिस्ट दिएका थिए । मेस्सी आफ्नो क्लब र राष्ट्रिय टोलीका लागि ७ सय गोलको आँकडा नजिक छन् । हाल उनको गोल संख्या ६ सय ९८ रहेको छ ।

बार्सिलोनाले मंगलबार ला लिगाअन्तर्गत खेलमा लेगानेसको सामना गर्दैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । मालोर्काविरुद्ध खेलमा शत प्रतिशत फिट नभएपनि प्रभावशाली प्रदर्शन गरेका मेस्सीलाई प्रशिक्षक सेटिनले गोल गरेको आधारमा मात्र हेर्न नहुने बताएका हुन् ।

‘लिओ ठिक छन् । तपाईंले उनलाई गोल गरेको आधारमा मात्र होइन, खेलमा पारेको प्रभावको आधारमा हेर्नुहोस् । उनको असिस्ट गर्ने क्षमता नै पनि हेर्नुहोस । उनले हामीलाई धेरै अंक जोड्न मदत पुर्याएका छन्,’ सेटिनले भने ।

‘ ७ सय गोल । यो अद्भुत गोल संख्या हो । उनी ७ सय गोलको आँकडा नजिक हुनुले पनि उनलाई विश्वकै उत्कृष्ट खेलाडीको रुपमा चिनाउँछ ।’

सेटिन मंगलबार हुने खेलका लागि टोलीमा केहि परिवर्तन गर्ने सुरमा छन् । मालोर्काविरुद्ध खेलमा एन्टोइन ग्रिजमनले सुरुवाती रोजाइमा खेलेका थिए । फरवार्ड लुइस सुआरेजले भने बेन्चबाट आएर पुनरागमन गरेका थिए । शुक्रबार नै सेभिल्लासँग खेल्नुपर्ने भएकाले पनि सेटिनले मंगलबारको खेलबारे निर्णय लिन सकेका छैनन् ।

‘मैले सुआरेजले भोली सुरुवात गर्ने-नगर्नेबारे निर्णय लिन सकिरहेको छैन । मैले उनीसँग सल्लाह गर्नु पर्छ । हामी अब निकै सचेत हुनुपर्छ, लामो चोटले मांशपेशीमा पनि समस्या आउन सक्छ । हामीले ध्यान दिनुपर्छ,’ उनले भने ।

‘सुआरेजले भोलि अथवा अर्को खेलमा विश्राम लिनेछन् । हामी भाग्यमानी छौं की हामीसँग पर्याप्त खेलाडी छन् । हामीसँग अवस्था अनुसार खेल्नसक्ने खेलाडी छन् ।’

‘ग्रिजमनलाई लिएर कुनै दुविधा छैन, उनी विश्वस्तरीय खेलाडी हुन् । हामीलाई विश्वास छ र उनले त्यसै अनुसार टोलीका लागि मिहिनेत गरिरहेका छन् । हामीसँग प्रयोग गर्न सकिने अन्य खेलाडी पनि छन् ।’

बार्सिलोनाले पहिलो पटक दर्शकबिना नै क्याम्प नोउमा खेल्दैछ । प्रशिक्षक सेटिन यस अवस्थाले टोलीको मनोबलमा असर नपर्ने अपेक्षा गरिरहेका छन् । केहि समस्या हुने भएपनि खेलाडीले अब यसलाई सामान्य रुपमा लिनुपर्ने उनको तर्क छ ।

‘हाम्रो चाहना त समर्थकको अगाडी नै खेल्ने हो, तर यो सम्भव छैन । हामीले अब यसै अवस्थामा रहेर बानी बसाल्नुपर्छ । दर्शकबिना खालि रंगशालामा खेल्दा फुटबलको रौनक कम हुन्छ ।’

‘हामी समर्थक नहुँदा पनि आफ्नो मनोबल गिर्न दिने छैनौं । समर्थक हुँदा टोलीलाई सहज हुन्थ्यो, अब यस्तो अवस्थामा त्यसले प्रतिकुल असर नपरोस् भन्नेमा स्जाग छौं ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.