default_image

6 years ago

June 17, 2020

म्याड्रिडमा अनुबन्धन नजिक थिए लेवान्डोस्की

154 views

0 Bookmark

एजेन्सी – पोल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीका एजेन्ट सिजारी कुचार्सकीले लेवान्डोस्की २०१४ मा स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध नजिक रहेको खुलासा गरेका छन् ।

जर्मन बुन्डेसलिगामा गोल मेसिनको रुपमा चिनिने लेवान्डोस्कीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुन्डबाट रियलविरुद्ध एक्लैले चार गोल गरेका थिए । त्यो भन्दा अघि उनी सान्टियागो बर्नवेउमा अनुबन्ध नजिक पुगेको थियो । तर, उनले अन्ततः जर्मन बुन्डेसलिगालाई नै आफ्नो गन्तव्य ठान्दै बायर्न म्युनिखमा आबद्ध भए ।

‘रियल म्याड्रिडको आर्थिक प्रस्ताव राम्रो थियो,’ लेवान्डोस्कीका एजेन्ट सेजरीले अन्तर्वार्तामा भने, ‘मुख्य कुरा उनी त्यहाँ नम्वर एक स्ट्राइकर हुने थिएनन् । यसको अर्थ उनले रियलमा करिम बेन्जेमाको ब्याकअपको रुपमा जान राम्रो मानेनन् ।’

यसबीचमा जर्मन जाइन्ट बायर्नले पनि लेवान्डोस्कीसँग सम्झौतालाई अघि बढाइसकेको थियो । तर, रियल म्याड्रिडविरुद्धको खेलमा चार गोल गरेपछि अझ राम्रो गर्न चाहेको बताएका थिए ।

त्यतिबेला च्याम्पियन्स लिगमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई हराउदै उपाधि जितेको थियो । सेमिफाइनलमा बायर्नले बार्सिलोनालाई तथा डर्टमुन्डले रियल म्याड्रिडको चुनौती पन्छाएको थियो ।

बायर्न जानु दुई साता अघिमात्रै लेवान्डोस्कीले आफ्नो सोच बदल्दै रियलमा जाने योजना बनाएका थिए । ‘यो कुरापछि बायर्न रिसायो । मैले केही अप्रिय शब्दको सामना गरे । क्लबले पनि दवावको प्रतिरोध गर्‍यो । बोर्डलाई विश्वस्त तुल्याउँदै अन्त्यमा थप २५ मिलियन युरोमा सहमति भएपछि उनी बायर्न पुगे,’ एजेन्ट सेजरीले भने ।

उनी फ्रि ट्रान्सफरमा बायर्नमा आवद्ध भएका हुन् । सन् २०१० मा पोलिस क्लब लेक पोज्नानबाट डर्टमुन्ड आएका ३१ वर्षीय लेवान्डोस्कीले डर्टमुन्डका लागि १८७ खेलमा १०३ गोल गरे । जारी बुन्डेसलिगामा पनि सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका लेवान्डोस्कीले बुन्डेस लिगामा ३१ गोल तथा बायर्नका लागि यो सिजन ४० खेलमा ४६ गोल गरेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.