default_image

6 years ago

June 16, 2020

सागरसहित सबैले सर्वोच्चबाट पनि सफाई पाए

354 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, अन्य खेलाडी र एक फिजियोथेरापिष्टसहित ६ जनाले राज्यविरुद्धको अपराध मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाई पाएका छन् ।

Suspended skipper Sagar Thapa

फाइल तस्बिर

सरकारी पक्षले २०७५ मंसिर २० गते राज्यविरुद्धको अपराधको मुद्दा पुनरावेदनमा सर्वोच्चले  सागरसहित पूर्व अन्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिव थापाले सर्वोच्चबाट मंगलबार सफाई पाएका हुन् ।

सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा मंगलबार यस्तो फैसला आएको हो । न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाई दिएका हुन् । उनीहरुलाई २०७५ जेठ २४ गते सोही अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाई दिएको थियो ।

राष्ट्रिय टोलीबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको पुलिसको दावी थियो । तर नेपालमा म्याच फिक्सिङको अलग्गै कानुन नभएका कारण पुलिसले राज्यविरुद्धको अपराधमा पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिक २२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई ठहर गर्ने आधार नभेटिएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।

उनीहरुले उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप लगाइएको थियो । म्याच फिक्सिङमा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो । तर अदालतमा ती आरोप पुष्टि हुन नसकेपछि उनीहरुले सफाई पाएका थिए । पाँचै पूर्व खेलाडीलाई एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले भने आजीवन प्रतिबन्ध लगाएको छ ।

सर्वोच्चबाट सफाई पाएपछि पूर्व कप्तान सागरले फेसबुकमा लेखेका छन्, ‘सत्यको जित भयो सम्मानित सर्वोच्च अदालतबाट पनि । न्याय पाइएकोमा आज समय, मेहनत, परिश्रमको मुल्याङकन कसले गर्दिने, सरकारले, एन्फाले ?’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.