6 years ago
June 17, 2020
एजेन्सी – इटालियन फुटबलको शीर्ष नकआउट प्रतियोगिता कोप्पा इटालियाको फाइनलमा आज राति युभेन्टस र नेपोलीबीच प्रतिस्पर्धा हुँदैछ । खेल स्टेडियो ओलम्पिको रोमामा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ ।

युभेन्टसले एसी मिलानको तथा नेपोलीले इन्टर मिलानको चुनौती पन्छाउदै फाइनलमा भेट पक्का गरेको थियो । कोप्पा इटालियाको सर्वाधिक सफल युभेन्टस १४औं उपाधि जित्ने दाउमा हुनेछ । गत सिजन क्वाटरफाइनलबाटै बाहिरिएको युभेन्टसले त्यसअघि लगातार चार सिजन उपाधि जितेको थियो ।
युभेन्टस यो सिजन उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको साथ रहेको युभेन्टसलाई पाउलो डिबाला, जुवान क्वाड्राडो, ब्लेइस म्याटुइडी, सामी खेडिरा, म्याथिस डि लेग्ट, लियोनार्डो बोनुची र डानिलोको साथ रहनेछ । भेट्रान गोलरक्षक जियानलुजी बुफोनको पनि टोलीमा छन् । युभेन्टसका आरोन राम्सी, जर्जियो चिलियनी र गोन्जलो हिगुआइन चोटका कारण खेल्ने छैनन् ।
यता, नेपोली २०१४ पछि अर्थात ६ वर्षपछि कोपा इटालियाको च्याम्पियन बन्ने योजनमा मैदान उत्रनेछ । पाँचपटकको च्याम्पियन नेपोलीले २०१४ मा फियोरेन्टिनालाई ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो । युभेन्टसविरुद्ध लोरेन्जो इन्सिग्ने, ड्रिएस मर्टेन्स, मारियो रुई, फावियन र जियोभानी डि लोरेन्जो मुख्य हतियार हुनेछन् ।

पछिल्लो २५ खेलको नतिजा हेर्दा नेपोलीविरुद्ध युभेन्टस नै हावी देखिएको छ । युभेन्टसले १३ खेलमा जित हात पार्दा नेपोलीले ७ खेल आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा टुंगिएको छ । युभेन्टस नेपोलीसँग २०१७ अप्रिलयता अपराजित छ । त्यतिबेला युभेन्टस नेपोलीसँग ३–२ ले पराजित भएपनि समग्रमा ५–४ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।
त्यसबेला फाइनलमा युभेन्टसले लाजियोलाई २–० ले पराजित गर्दै १२औं पटक कोपा इटालियाको च्याम्पियन बनेको थियो । त्यसयताको ६ खेलमा युभेन्टसले शतप्रतिशत जित निकालेको छ । यही जितको निरन्तरता दिने लक्ष्यमा युभेन्टस रहनेछ । युभेन्टस पछिल्लो दुई खेलमा अपराजित छ । युभेन्टस च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमो पहिलो लेगमा लियोनसँग पराजित भएको थियो ।
यता, नेपोली युभेन्टससँगको लगातार हारको श्रृंखला तोड्दै च्याम्पियन बन्ने दाउमा हुनेछ । नेपोली पछिल्लो ६ खेलमा अपराजित छ । यसक्रममा नेपोलीले बार्सिलोना र इन्टर मिलानजस्तो बलियो टोलीसँग बराबरी खेलेको छ ।
च्याम्पियन बन्ने टोलीले बन्द रंगशालामा मेडल सेरोमोनीमा आफै मेडल र ट्रफी उचाल्नुपर्नेछ । कोरोना त्रासका कारण ट्रफी उचाल्दा पनि सामाजिक दुरी अपनाउनु पर्ने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]