6 years ago
June 17, 2020
दिपक बोहोरा, पाँचथर
पटक पटक पूर्न निर्माण हुँदै आएको फिदिम माविको मैदानमा रंगशाला बनाउने भन्दै टेन्डर खुलेपछि स्थानियबासी खुसी भएका छन् । तर, जग्गा पर्याप्त नभएका कारण त्यहाँ नाइन ए साइडको मैदान मात्र बन्न सक्छ । इलाभेन ए साइडका लागि पर्याप्त जग्गा नहुँदा केहि खल्लो भने भएको छ ।

यद्दपी, इलाभेन ए साइडका लागि जग्गा खरिदका विषयमा पनि चर्चा भने हुने गरेको छ । तर, जसरी त्यो मैदान पूर्न निर्माणका लागि खर्च भएको छ । त्यो अनुरुपको मैदान तयार हुन नसक्दा स्थानिय निराश पनि छन् । फिदिम बजारमा रहेको एक मात्र खेल मैदानका रुपमा रहेको फिदिम माविको मैदानमा पछिल्लो ३ वर्षमा एक करोड २० लाख रुपैयाँ खर्च भएको छ ।
तर, त्यति ठूलो रकम खर्च हुँदा पनि मैदान भने खेल्ने अवस्थामा छैन । अहिले समको खर्च हेर्दा लगानी बालुवामा पानी जस्तै भएको छ ।
दुई वर्ष अघि कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि खेल मैदानका लागि १० लाख रुपैयाँ विनियोजन भएको थियो ।

पाँचथर जिल्ला फुटबल संघमार्फत पहिलो चरणमा कामका लागि ७ लाख रुपैयाँ बनेट निकासा भएको थियो । उक्त रकमबाट घेराबार लगाइएको थियो । पछिल्लो किस्ता रकम निकास हुनुअघि नै जिल्ला फुटबल संघमा विवाद बढ्यो । जसले गर्दा दोस्रो किस्ता निकासा भएन ।
दशौं फाल्गुनन्द गोल्डकपको उद्घाटनका लागि पुगेका प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले मैदानमा दुवो लगाउन सुझावलाई बजेट दिने वचन दिए । गत वर्ष सामाजिक बिकास मन्त्रालय मार्फत दुवो रोप्न र प्यारापिट निर्माणका लागि भनेर ५० लाख रुपैयाँ प्राप्त भएको फुटबल संघ पाँचथरका अध्यक्ष सुजन नेम्बाङले बताए ।

सो रकमले झापाबाट दुवोको बिउ ल्याएर रोप्ने र प्यारापिट निर्माण भएको थियो । तर दुवो रोप्दै गर्दा मैदानको तल्लो भाग पहिरो गयो जसले गर्दा मैदान खेल्न नमिल्ने अवस्थामा पुग्यो । हरियो बन्दै गरेको दुवो पनि पनि खेर गयो । त्यो लगानी पनि खेर गयो ।
मैदान भत्किए पछि दुवो सहित ११ औं फाल्गुनन्द गोल्डकप र चौथो पाँचथर गोल्डकप गर्ने सपना पुरा हुन सकेन । मैदान पूर्न निर्माण नभएर दुवै गोल्डकप हुन सकेनन् । अहिले खेलाडी प्रशिक्षणमा पनि समस्या छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट भत्किएको मैदानको एकातर्फ पर्खाल निर्माण लगायतको कामका लागि ६० लाख रुपैयाँ विनियोजन भएको थियो । जसको कारण पनि अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष किरण श्रेष्ठले बताए ।

अहिले सो रकमबाट ९० प्रतिशत काम सम्पन्न भई सकेको श्रेष्ठले जानकारी दिए । पर्खाल निर्माण, सानो प्यारापिट निर्माण गर्ने, इटाको पर्खाल र रेलिङको काम सम्पन्न भएको उनले बताए । पुराना निर्माण भइसकेका संरचनाको जोगाएर नयाँ संरचना बनाइएको श्रेष्ठले सुनाए ।
अहिले सोहि मैदानलाई रंगशाला बनाउने भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट १६ करोड रुपैयाँको टेन्डर खुलेको छ । रंगशाला बन्ने भएपछि यसअघिका संरचना काम नलाग्ने सम्भावना बढेको छ । पटक पटक खर्च गरिएको मैदानमा अब यसअघिको खर्च पनि बालुवामा पानी जस्तै हुने देखिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]