6 years ago
June 17, 2020
एजेन्सी – कोरोना महामारीको सन्त्रासपछि झन्डै तीनमहिनापछि विश्वमा खेलकुद गतिविधि विस्तारै चलायमान हुँदैछ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरु सुचारु भइसकेका छन् ।

मेबाट सुचारु भएको जर्मन बुन्डेसलिगा सकिने संघारमा पुगिसक्दा अघिल्लो साताबाट स्पेनिस ला लिगाका खेल सुरु भइसकेका छन् । कोरोनाको हव बनेको युरोपेली राष्ट्र इटलीमा पनि फुटबल फर्किसकेको छ । यही भीडमा अब सबैभन्दा लोकप्रिय र चर्चित इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग ३ महिना बढीको समयपछि आजदेखि सुरु हुँदैछ ।
१० मार्चमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएयता प्रिमियर लिग स्थगित छ । पुनरागमनको पहिलो दिन बुधबार एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीचको प्रतिस्पर्धाबाट प्रिमियर लिग सुचारु हुनेछ ।
३० वर्षपछि लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्नबाट कुनै टोलीले पनि रोक्ने सम्भावना छैन । तर, यो बाहेक अर्को सिजन युरोपेली प्रतियोगिता खेल्ने, रेलिगेसनमा पर्ने, खेलाडीको प्रदर्शन र बन्द रंगशालामा खेल्ने विषयले निकै महत्त्व पाइरहेको छ ।
लिभरपुल कहिले च्याम्पियन बन्छ ?

लिग स्थगित हुनुअघि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको थियो । सन् १९९० पछि अर्था ३० वर्षपछि लिभरपुल पहिलोपटक च्याम्पियन बन्ने संघारमा छ । लिभरपुलाई च्याम्पियन बन्न दुई जितको खाँचो थियो । लिग स्थगित नभएको भए लिभरपुल मार्चमै च्याम्पियन बनिसक्थयो ।
तर, कोभिड–१९ ले गर्दा लिभरपुलको उपाधि उत्सवलाई तीन महिनाभन्दा बढी ढिला गरिदिएको छ । यस्तो होला भनेर कसैले पनि सोचेको थिएनन् । लिभरपुललाई च्याम्पियन बन्न कसैले पनि रोक्न सक्नेछैन । दोस्रो स्थानको सिटीले गणितिय रुपमा पनि भेट्ने सम्भावना निकै कम छ । बुधबार सिटी आर्सनलसँग पराजित भएको अवस्थामा मर्सिसाइड टिमले आफ्नो पहिलो खेलमा एभर्टनलाई पराजित गरे पहिलो खेलबाटै लिभरपुलले उपाधि जित्न सक्नेछ ।
यतिमात्र होइन योर्गेन क्लोपको टिमले यसअघि सिटीको नाममा रहेको कीर्तिमान समेत तोड्ने सम्भावना छ । लिभरपुलले अब सम्भावित २७ मध्ये १९ अंक जोडेमा सिटीको २०१७-१८ मा जोडेको १०० अंकको कीर्तिमान तोड्नेछ । यस्तै त्यही सिजन सिटीले १९ अंक अन्तरमा उपाधि जितेको थियो लिभरपुलले त्यो पनि तोड्ने सम्भावना छ ।
लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले गत वर्ष जुनमा म्याड्रिडमा खचाखच दर्शकका सामु च्याम्पियन्स लिग ट्रफी उठाएका थिए । तर, यसपटक उनीसहित लिभरपुल टोली दर्शक बिनै ट्रफी उठाउने तयारीमा छन् । हेन्डरसनले दर्शक बिना ट्रफी उठाउनु परे अनौठो हुने बताएका छन् ।
च्याम्पियन्स लिग होड

यसपटक प्रिमियर लिगमा लिभरपुलले एकपक्षीय अग्रता बनाउँदा अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा प्रिमियर लिगको बाँकी तीन कोटाका लागि प्रतिस्पर्धा कडा छ । हाल म्यानचेस्टर सिटी, लेस्टर र चेल्सी शीर्ष चारमा छन् । तर फाइनान्सियल फेयर प्ले को नियम उल्लंघन गरेको आरोपमा सिटीले आगामी दुई वर्ष युरोपपियन क्लब प्रतियोगितामा भाग लिन नपाउने सम्भावना छ ।
पेप ग्वार्डिओलाको टिमले यस विषयमा अपिल गरिसकेको छ । निलम्बन खारेज भयो भने सिटीले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन सक्छ । यदि निलम्बन कायम रहेमा पाँचौ स्थानमा रहेको टोली अर्को सिजनको च्याम्पियन्स लिगलाई छनोट हुनेछ ।
यो स्थानमा हाल म्यानचेस्टर युनाइटेड छ । वल्भ्स र सेफिल्ड युनाइटेड म्यानचेस्टरभन्दा २ अंकले मात्रै पछि छन् । आठौं स्थानको टोटेनहम र नवौं स्थानको आर्सनलको पनि पाँचौ स्थानमा आउने सम्भावना जीवित छ ।
रेलिगेसनबाट बच्न संघर्ष

नर्विच सिटी, एस्टन भिल्ला र बर्नमाउथ यो सिजनको प्रिमियर लिगको रेलिगेसन जोनमा छन् । पुछारमा रहेको नर्विच रेलिगेसनबाट सुरक्षित रहन ६ अंकले पछि छ । एस्टल भिल्लाले लिग रोकिनुअघि लगातार चार खेल हारेको थियो । यो ब्रेकले डिन स्मिथको टिमलाई फाइदा गर्ने आशा छ ।
भिल्लाले एक खेल कम खेलेको छ । यस्तै १० मध्ये ७ खेल हारेको बर्नमाउथ यो विश्राममा आफ्नो फर्म फर्काउने लक्ष्यमा छ । यि तीन टोलीसँगै वाटफोर्ड, वेस्टह्याम र ब्राइटन होभ अल्वियोन पनि खतरामा छन् ।
खेलाडीको फिटनेस
नियमित तालिका अनुसार मेमा घरेलु फुटबलका सबै सिजन सकिने थियो । तर, कोभिड–१९ का कारण यसपटक त्यो सम्भव भएन । खेलाडीहरु यतिबेला व्यस्त सिजनपछि अन्तर्राष्ट्रिय विश्राममा गइसकेका हुन्थे । तर, यसपटक त्यस्ते भएन । खेलाडीहरुको लागि यो तीन महिना (जुन, जुलाई र अगस्ट) निकै व्यस्त हुने तालिका छ ।
यसले खेलाडीको फिटनेसको विषयलाई पनि बाहिर ल्याउनेछ । यति हुँदाहुँदै पनि चोटका कारण सिजन नै गुमाइसकेका खेलाडीहरु फिट भएर खेल्नको लागि तयार भइसकेका छन् । टोटेनहमका चोटग्रस्त ह्यारी केन, ह्युङ मिन सन मैदान फर्कन आतुर छन् । म्यानचेस्टर युनाइटेडका जोडी पउल पोग्बा र मार्कुस रासफोर्ड पनि मैदान फर्कन तयार छन् । दुवै खेलाडी चोटका कारण जनवरी यता मैदान बाहिर थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]