default_image

6 years ago

June 17, 2020

मेस्सी, रोनाल्डो अनि पेनाल्टी तथ्यांक

206 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राती बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा लेगानेसलाई २-० ले पराजित गर्यो । दोस्रो हाफको ६८ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुदृढ अवस्थामा पुर्याएका थिए ।

समग्रमा मेस्सीले स्पेनिस ला लिगामा गरेको यो ५६ औं पेनाल्टी गोल थियो । पेनाल्टीमा सर्वाधिक गोल गर्ने सुचिमा उनी रियल म्याड्रिड र एटलेटिको म्याड्रिडका फरवार्ड ह्युगो सान्चेजसँग बराबरीमा पुगेका छन् । यस सुचीको शीर्षस्थानमा भने रियल म्याड्रिडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

रोनाल्डोले रियल म्याड्रिडमा छँदा पेनाल्टीबाट मात्र ६१ गोल गरेका थिए । उनी क्लबका एकमात्र पेनाल्टी प्रहार गर्ने खेलाडी रहेका थिए । बार्सिलोनामा भने बेलाबखत अन्य फरवार्डले पनि पेनाल्टी प्रहार गर्दै आएका छन् ।

पेनाल्टीमा गोल गर्ने सँगै चुक्ने सुचिमा भने मेस्सी रोनाल्डोभन्दा अगाडी छन् । ३२ वर्षीय मेस्सीले स्पेनिस लिगमा हालसम्म १२ पटक पेनाल्टीमा गोल गर्न सकेका छैनन् । यता रोनाल्डो भने सन् २०१८ मा युभेन्टस प्रस्थान गर्नुअघि ११ पटक पेनाल्टीमा चुकेका थिए ।

जारी सिजन मेस्सीले बार्सिलोनाबाट खेल्दा पेनाल्टीमा ४ गोल गरेका छन् भने कुनैमा चुकेका छैनन् । रोनाल्डोले भने पेनाल्टीमा ८ गोल गर्दा एकपटक गोल गर्न चुकेका छन् । कोप्पा इटालियाको सेमिफाइनलमा एसी मिलानविरुद्ध रोनाल्डोको पेनाल्टी प्रहार पोस्टमा लगेर फर्केको थियो ।

समग्रमा मेस्सीले ३३ खेलमा २६ गोल र १८ असिस्ट दिएका छन् । रोनाल्डोले भने ३३ नै खेलमा २५ गोल र ३ असिस्ट दिएका छन् । बार्सिलोना र युभेन्टस दुवै टोली लिगको शीर्षस्थानमा रहेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.