6 years ago
June 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफु मातहातका तीन वटा स्थायी समितिका संयोजक परिवर्तन गरेको छ । एन्फाको निर्णयप्रति भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले घोर आपत्ति जनाएका छन् ।

आफुसँग असन्तुष्ट रहेको उपाध्यक्ष नेम्वाङ संयोजक रहेको पद पूर्ति समितिको संयोजकको जिम्मेवारी मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीलाई दिइएको छ । नेम्वाङ नै संयोजक रहेको जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी एन्फा उपाध्यक्ष वीरबहादुर खड्कालाई दिइएको छ ।
त्यस्तै रत्नकुमार श्रेष्ठलाई फुटसल समितिको संयोजकको जिम्मेवारी दिएको एन्फाले जनाएको छ । फुटसल समितिमा यसअघि दावा लामा संयोजक थिए । सदस्य लामा पनि एन्फा अध्यक्ष शेर्पासँग असन्तुष्ट रहँदै आएका छन् । तीनै समितिको अन्य सदस्य भने यथावत रहने एन्फाले जनाएको छ ।
अध्यक्ष शेर्पाले समितिहरु निस्क्रिय अवस्थामा रहेकोले परिवर्तन गरिएको बताए । ‘समितिले काम गर्न सकिरहेको थिएन । हालसम्म कुनै प्रतिवेदन पनि पेस भएको छैन । दुई वर्षसम्म निस्क्रिय रहेकाले क्रियाशील बनाउन परिवर्तन गरेका हौं । कार्यसमितिले माघ २६ बैठकबाट परिवर्तन अधिकार दिएको थियो, त्यसैको आधारमा नयाँ नियुक्ति दिएका हौं,’ शेर्पाले भने ।

यता वरिष्ठ उपाध्यक्ष नेम्वाङले बने एन्फाले प्रतिशोधको भावना बोकेर निर्णय लिएको अभिव्यक्ति दिए । उनले विधान विपरित गएर एन्फाले अन्याय गरेको पनि बताए ।
‘निर्णय सुन्दा आश्चर्यमा परें । यसमा हाम्रो घोर आपत्ति छ । एन्फाको विधानअनुसार स्थायी समितिको कार्य अवधि ४ वर्ष हुन्छ भन्ने स्पष्ट छ । केन्द्रीय समितिले नियुक्त गर्ने हो तर हटाउने प्रावधान छैन । हामीले आजपनि विगतका दिनझैं पारदर्शी, सामुहिक नेतृत्वको कुरा लगातार उठाईरहेका छौं, तर अहिले पनि नेतृत्वले तानाशाही ढंगले आफ्नै हिसाबमा एन्फा चलाइरहेको आभास भएको छ,’
‘ अहिलेको नेतृत्वले विधिको शासनको उल्लङ्घन गरेको छ । हामीलाई प्रतिशोधको नजरले हेरेर निर्णय लिइएको हो । हामीले काम गरेको छैन भन्ने हो भने प्रश्न उठाउनु पर्छ । हामीलाई सिधै कारवाही गर्नु न्यायोचित भएन,’ नेम्वाङले थपे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]