6 years ago
June 17, 2020
एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले युरोपेली च्याम्पियन्स लिगको बाँकी खेल हुने मिति र स्थान तय गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण बिचमा नै रोकिएको प्रतियोगिता अब अगष्ट ७ बाट सुचारु हुने पक्का भएको छ । यूईएफएले च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणबाट भने सबै खेल लिस्बनमा आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ । लिस्बनमा रहेको ४ फरक मैदानमा सबै खेलहरु आयोजना हुनेछ ।
क्वाटरफाइनलदेखि सबै चरण एक खेलका हुनेछन् भने फाइनल अगष्ट २३ मा हुनेछ । च्याम्पियन्स लिगको राउन्ड अफ १६ का बाँकी ४ खेलबारे भने स्थान यकिन भइसकेको छैन । यूईएफएले सहभागी टोलीसँग छलफल गरेपछि बाँकी खेल लिस्बनमा हुने वा सम्बन्धित टोलीकै घरेलु मैदानमा हुने यकिन गर्नेछ ।
राउन्ड अफ १६ को हकमा युभेन्टसले घरेलु मैदानमा लियोनलाई निम्त्याउन बाँकी छ । पहिलो लेगमा लियोन १-० ले विजयी रहेको थियो । अर्को खेलमा म्यान्चेस्टर सिटीले २-१ को अग्रता बचाउन घरेलु मैदानमा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

बायर्न म्युनिखले पहिलो लेगमा चेल्सीको मैदानमा दर्ता गरेको ३-० को जितलाई निरन्तरता दिने सुरमा हुनेछ । बार्सिलोना र नेपोलीको खेल क्याटलान क्लबको मैदानमा हुने तयारी थियो । पहिलो लेगको खेल १-१ को बराबरीमा टुंगिएको छ ।
यसअघि नै ४ टोलीले भने क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । जर्मनीको आरबी लाइप्जिग, स्पेनको एटलेटिको म्याड्रिड, फ्रान्सको पेरिस सेन्ट जर्मेन र इटालीको एटलान्टाले भने सिधै क्वाटरफाइनलमा खेल्नेछन् ।
यसअघि टर्कीको इस्तानबुलमा फाइनल हुने भनिएपनि कोरोना संक्रमणका कारण त्यो सम्भव हुन सकेन । अब इस्तानबुलले सन् २०२१ को फाइनल खेल आयोजना गर्नेछ । सन् २०२२ मा रुसको सेन्ट पिटर्सबर्ग रंगशालाले फाइनल आयोजना गर्नेछ । त्यसपछि क्रमश म्युनिख एरिना जर्मनी र वेम्बली रंगशाला लन्डनमा च्याम्पियन्स लिग फाइनल हुनेछ ।
खेल तालिका :
७-८ अगस्ट : राउन्ड अफ १६ का बाँकी खेल (स्थान निर्धारण हुन बाँकी)
१२-१५ अगस्ट : क्वाटरफाइनलमा (लिस्बन)
१८-१९ अगस्ट : सेमिफाइनल (लिस्बन)
२३ अगस्ट : फाइनल (लिस्बन)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]