default_image

6 years ago

June 18, 2020

युभेन्टसलाई हराउँदै नेपोली कोप्पा इटालिया च्याम्पियन

272 views

0 Bookmark

एजेन्सी – लिग च्याम्पियन युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपोलीले युभेन्टसमाथि टाइब्रेकरमा ४-२ को जित दर्ता गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो । युभेन्टसको १४ औं पटक कोप्पा इटालिया उपाधि जित्ने लक्ष्य सफल नहुँदा नेपोलीले भने ६ वर्षपछि उपाधि खडेरी तोड्न सफल रहयो । बुफोनले खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेपनि युभेन्टस पराजित हुन पुग्यो ।

टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नेपोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।  युभेन्टसको लागि ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा निकै माथि आकासिएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए । नेपोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।

खेलको २६ औं मिनेटमा नेपोली अग्रता लिनबाट चुकेको थियो । फरवार्ड लोरेन्जो इन्सिग्नेको फ्रिकिक प्रहार पोस्टमा लाग्दा युभेन्टस जोगिएको थियो । रोड्रीगो बेन्टान्कुरले फल गरेपछि प्राप्त फ्रिकिकमा इन्सिग्नेले सिधै गोलको प्रयास गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर नेपोलीले अर्को अवसर गुमायो । ड्रिज मर्टेन्सको पासमा इन्सिग्नेको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले डाइभ दिँदै बचाए । त्यसको लगत्तै मिडफिल्डर डिएगो डेम्मेको प्रहारलाई बुफोनले खुट्टाले विफल पारे ।

पहिलो हाफको इन्जुरी समयमा बुफोनले अर्को उत्कृष्ट बचाउ गरे । उनले पुन: एकपटक इन्सिग्नेको प्रहारलाई नै गोल हुनबाट रोकेका थिए । पहिलो हाफमा गोलरहित बराबरीमा खेल सकिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरेपनि गोलरक्षक बाधक बनिरहे । ८३ औं मिनेटमा इन्सिग्नेकै प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपोली अभागी सावित भयो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनले बुफोनलाई समस्या दिन सकेनन् ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा बुफोनले युभेन्टसलाई पुन: जोगाए । माक्सिमोभिचको हेडरलाई उत्कृष्ट ढंगले बचाएका बुफोनले ६ यार्ड बक्सभित्र भिडमा तीन प्रहारलाई गोल हुनबाट रोकेका थिए । यसक्रममा नेपोलीको एक प्रहार भने पोस्टमा समेत लागेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.