5 years ago
June 18, 2020
एजेन्सी – कोरोना महामारीपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित निकालेको छ । सिटीले १० खेलाडीमा समेटिएको आर्सनलमाथि ३–० को सानदार जित निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको सहज जितमा रहिम स्ट्रलिङ, केभिन डि ब्रुयन र फि फोडेनले गोल गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । एकपक्षीय बनेको खेलमा सिटीले पहिलो गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो ।

छैटौ मिनेटमा केभिन डि ब्रुयनको फ्रिकिक आर्सनलका गोलरक्षक बन्ड लेनोले बचाए । ३५औं र ३६औं मिनेटमा गोलरक्षक लेनोले रहिम स्ट्रलिङ र कीतान डेभिड सिल्भाको प्रहारलाई विफल पारेका थिए । त्यसपछि पुनः लेनोले ३८औं मिनेटमा रियाद महारेज र ४०औं मिनेटमा स्ट्रलिङको प्रहार विफल पार्दा सिटी चुकचुकाएको थियो ।
सिटीको प्रहारलाई लगातार विफल पारिरहेको गोलरक्षक लेनोले अन्ततः सिटीको प्रहारलाई जोगाउन सकेन । पहिलो हाफको इन्ज्युरी समयमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । डिफेन्डर डेभिड लुइजको कमजोर डिफेन्सको फाइदा उठाउदै ब्रुयनले दिएको पासलाई रहिमले गोल गरेका थिए ।

दोस्रो हाफको शुरुमै आर्सनल १० खेलाडीमा समेटियो । ४९औं मिनेटमा डिफेन्डर लुइजले पेनाल्टी बक्समा रियाद महारेजमाथि फउल गरेपछि रेफ्रीले सिधै रातो दिदै मैदान बाहिर पठाएपछि आर्सनल १० खेलाडीमा समेटियो । त्यसमै प्राप्त पेनाल्टीमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
त्यसपछि पनि सिटीले आर्सनलमाथि लगातार दवाव सिर्जना गरिरहँदा गोलरक्षक लेनो निकै व्यस्त बने । ६९औं मिनेटमा ब्रुयन चुके । ७८औं मिनेटमा स्ट्रलिङको प्रहारले पोस्टको गति लिन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।
सिटीले पनि अन्तिम १२ मिनेट १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो । खेल अन्त्य गरेको थियो । पाँच खेलाडी सब्सिच्युट गरिसकेपछि डिफेन्डर इरिक गार्सिया आफ्नै गोलरक्षक इडर्सनसँग जुध्दै गम्भीर चोट बोक्न पुगेको थियो ।
यो जितले सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी २२ मा छोट्याएको छ । सिटीको यो जितले लिभरपुलले उपाधिको लागि थप कुर्नुपर्ने भएको छ । सिटीको २९ खेलबाट ६० अंक पुगेको छ । लिभरपुलको ८२ अंक छ । समान खेलबाटै आर्सनल ४० अंक जोडेर नवौं स्थानमा यथावत छ ।
यस्तै प्रिमियर लिगाको अर्काे खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै सेफिल्डले पाँचौ स्थानमा उक्लने अवसर गुमाउदा एस्टन भिल्लाले पनि रेलिगेसन जोन छाड्न सकेन ।
सेफिल्ड ४४ अंक जोडेर छैटौं स्थानमा यथावत रहँदा भिल्ला २६ अंक जोडेर १९औं स्थानमा यथावत छ । सेफिल्डलाई पराजित गर्न सकेको भए भिल्ला १६औं स्थानमा उक्लने थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]