default_image

5 years ago

June 25, 2020

मेस्सी बार्सिलोनामा नयाँ सम्झौता गर्ने तयारीमा

182 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले शर्तसहित क्लबसँग सम्झौता नवीकरण गर्न तयारी गरेका छन् । मेस्सीले थप दुई वर्ष बार्सिलोनासँग सम्झौता गर्न सहमत भएको बुझिएको छ ।

नयाँ सम्झौता भएको अवस्थामा मेस्सी २०२३ सम्म बार्सिलोनामा रहनेछन् । हाल मेस्सीको सम्झौता अर्काे सिजनको समरसम्म रहेको छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्टाेमेउ नयाँ शर्तमा मेस्सीलाई सम्झौता नवीकरण गर्न हतास छन् । नयाँ शर्तअनुसार मेस्सीले चाहेको अवस्थामा क्लबले रोक्न पाउने छैन । उनले आफूलाई चाहिएको अवस्थामा क्लब छोड्न सक्नेछन् ।

पछिल्लो समय मेस्सी र अध्यक्ष बार्टाेमेउबीच राम्रो सम्बन्ध रहेको छैन । सोही कारण पनि मेस्सीले आफ्नो रिलिज क्लजसहित क्लब छाड्ने मनासय बनाएका थिए । स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोका दावी अनुसार नयाँ सम्झौतामा मेस्सीको वर्तमानमा रहेको शर्तहरु हुनेछन् । र मेस्सीलाई क्लब छोड्न चाहेको अवस्थामा सम्झौता रद्ध गर्न मौका दिइनेछ ।

पछिल्लो समय मेस्सीका बवा तथा एजेन्ट जर्ज र क्लबका अध्यक्ष बार्टाेमेउबीच लगातार वार्ता भइरहेको छ । तर, औपचारिक निर्णय हुन सकेको छैन । यो अवस्थामा बार्सिलोना ला लिगा र च्याम्पियन्स लिग जित्ने अभियानमा केन्द्रित रहेको छ ।

३२ वर्षीय मेस्सीले २०१७ मा बार्सिलोनासँग थप चार वर्षे सम्झौता नवीकरण गरेको थिए । तर, मेस्सीले यसअघि नै बार्सिलोनाबाटै आफ्नो खेल करियर अन्त्य गर्ने योजना रहेको बताएका थिए । २००५ देखि बार्सिलोनामा रहेका मेस्सीले हालसम्म बार्सिलोनामा आठपटक सम्झौता नवीकरण गरेका छन् ।

लेजेन्ड खेलाडी रहेका मेस्सीले बार्सिलोनाबाट हालसम्म विभिन्न ३४ उपाधि जितेका छन् । जसमा १० स्पेनिस ला लिगा र ४ च्याम्पियन्स लिग समावेश छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.