default_image

6 years ago

June 20, 2020

सेभिल्लासँग बार्सिलोनाको बराबरी

172 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार रातिको खेलमा साविक विजेता बार्सिलोना सेभिल्लाको घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजाले दोस्रो स्थानको रियल म्याड्रिडलाई भने फाइदा पुगेको छ ।

खेलको १२ औं मिनेटमा सेभिल्ला अग्रता लिन नजिक पुगेको थियो । फ्रिकिकमा रिबाउन्ड भएको बललाई जुलेस कोउन्डेले गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टभन्दा थोरैले बाहिरियो ।

२१ औं मिनेटमा कोउन्डेले नै लिओनेल मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडीबाट हेडरमार्फत क्लियर गरे । २५ औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।

खेलको इन्ज्युरी समयमा कोउन्डेले सुआरेजलाई फल गरेपछि खेलाडीबीच विवाद भएको थियो । रेफ्रीले बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोलाई हात हालेपछि दुवैलाई पहेंलो कार्ड दिएका थिए । त्यसैबेला मेस्सीले डिएगो कार्लोसलाई हात हाल्दा भने रेफ्रीले कार्ड देखाएनन् ।

दोस्रो हाफको ६० औं मिनेटमा अनमार्क रहेका सेभिल्लाका लुकास ओकाम्पसको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२ औं मिनेटमा मेस्सीले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सेभिल्लाका गोलरक्षक भाच्लिकले विफल पारे ।

८८ औं मिनेटमा जोर्डी अल्बाको क्रसमा अनमार्क रहेका लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको प्रहार आकासियो । इन्ज्युरी समयको पहिलो मिनेटमा सेभिल्लाले खेल जित्ने सुवर्ण अवसर खेर फाल्यो । बार्सिलोनाको पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका सर्जियो रेगुइलोनले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार सिधै गोलरक्षक टेर स्टेगनको हातमा पुगेको थियो ।

यस बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ । दोस्रो स्थानको रियल म्याड्रिडको २९ खेलमा ६२ अंक रहेको छ । रियलले आइतबार रियल सोसीडाडविरुद्ध जित हासिल गरे अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ । सेभिल्ला ३० खेलमा ५२ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.