default_image

5 years ago

June 22, 2020

बार्सिलोनालाई उछिन्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

194 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा जित दर्ता गर्दै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियल सोसीडाडको मैदानमा म्याड्रिडले २-१ को जित दर्ता गरेको हो ।

खेलको ३२ औं मिनेटमा मात्र खेलमा गोल गर्ने अवसर जुरेको थियो । रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एलेक्स रेमिरोले विफल पारे । लगत्तै क्यासेमिरोले झन्डै ३५ यार्ड टाढाबाट गरेको प्रहारले रेमिरोलाई समस्या दिन सकेन ।

४३ औं मिनेटमा रियलले अर्को अवसर सदुपयोग गर्न सकेन । भिनिसियसको प्रहारलाई गोलरक्षक रेमिरोले विफल पारे । उक्त रिबाउन्डमा बेन्जेमाले गोल गर्ने प्रयास गर्दा रेफ्रीले अफसाइडको संकेत दिएका थिए ।

दोस्रो हाफको सुरुवातमा नै रियल म्याड्रिडले पेनाल्टीको अवसर प्राप्त गर्यो । डिएगो लोरेन्टेले पेनाल्टी क्षेत्रभित्र भिनिसियसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए । रामोसको जारी सिजनको यो सातौँ गोल थियो ।

सोसीडाडले खेलको ६८ औं मिनेटमा गोल फर्काएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै गोललाई मान्यता दिएनन । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अदनान जानुजाजले २० यार्ड टाढाबाट गोल गरेका थिए । तर भीएआरले सोसीडाडका मिकेल मेरिनोले अफसाइड अवस्थामा खेलमा प्रभाव पारेको निष्कर्ष निकालेको हो ।

त्यसको दुई मिनेटपछि नै रियलले अग्रता दोब्बर पार्यो । करीम बेन्जेमाली पेनाल्टी क्षेत्र भित्र बल नियन्त्रणको उदाहरण प्रस्तुत गर्दै गोल गरेका थिए । उनले छातीले बल रोक्दै दोस्रो टचमा बल  नियन्त्रण गर्दै पोस्टमा प्रहार गर्दा रेमिरोले बचाउने कुनै अवसर पाएनन् । ७३ औं मिनेटमा एलेक्जेन्डर इसाकको प्रहारलाई रियलका गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट डाइभ दिँदै बचाए ।

८३ औं मिनेटमा घरेलु टोलीले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । मिकेल मेरिनोले उत्कृष्ट फिनिस गर्दै खेललाई रोमान्चक मोडमा पुर्याएका थिए । रोबर्टो लोपेजको क्रसमा मेरिनोले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहारलाई कोर्टुवाले बचाउने कुनै अवसर पाएनन् । सोसीडाडले खेलको अन्त्यतिर रियलमाथि दबाब कायम गरेपनि गोल फर्काउन नसक्दा हारको सामना गर्नुपर्यो ।

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । म्याड्रिड टोली र साविक विजेता बार्सिलोनाको समान ३० खेलमा ६५ अंक भएपनि हेड टु हेडमा रियल अगाडी रहेको छ । सोसीडाड भने ३० खेलमा ४७ अंकसहित छैटौँ स्थानमा नै यथावत छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.