5 years ago
June 22, 2020
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लामाथि २–१ को पूनरागमन जित निकाल्दै शीर्ष चारलाई थप पकड बनाएको हो ।

भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलमा चेल्सीको पूनरागमन जितमा क्रिस्टियन पुलिसिस र ओलिभर जिरुडले गोल गरे । भिल्लाका कोर्टने हायुसले गरेको गोल सान्त्वाना बन्यो ।
खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि चेल्सीले गोल खान पुगेको थियो । ४३औं मिनेटमा कोर्टनेले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमा डगलस लुइजको चलाखीपुर्ण चिप क्रसलाई कोर्टनेले सहजै गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले दोस्रो हाफको शुरुवातदेखि नै घरेलु टोलीमासथ दवाव सिर्जना गरेपनि पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । ६०औं मिनेटमा चेल्सीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान सिजर एप्लिक्वेटाको पासमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।
त्यसको दुई मिनेटपछि कप्तान सिजरकै पासमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । सिजरको पासमा जिरुडले १२ यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक ओर्जन नेल्यान्डलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले २–१ को जित निकाल्दै महत्वुर्ण ३ अंक बटुल्न सफल भयो ।

जितसँगै चौथो स्थानमा रहेको चेल्सीले तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी छोट्याउदै पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडलाई ५ अंकले पछि पार्दै अर्काे सिजनको च्याम्पियन्स लिगलाई छनोट हुने सम्भावना बलियो बनाएको छ । चेल्सीको ३० खेलबाट ५१ तथा युनाइटेडको ४६ अंक रहेको छ । लेस्टरको ५४ अंक छ । पराजित भिल्लालाई रेलिगेसन दवाव बढेको छ । भिल्ला २६ अंक जोडेर १९औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]