5 years ago
June 22, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले साम्पडोरियनालाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टर मिलानले साम्पडोरियामासथ २–१ को जित निकालेको हो ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा इन्टरको जितमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेजले गोल गरे । साम्पडोरियाका मोर्टेन थोर्सवीले सान्त्वना गोल फर्काए ।
घरेलु मैदानमा इन्टरले खेलको १०औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट खेलमा अग्रता बनाएके थियो । क्रिस्टियन इरिक्सनको पासमा लुकाकुले उत्कृष्ट फिनिस गरेका थिए ।

३३औं मिनेटमा इन्टरले अग्रता दोब्बर बनायो । एन्टेनियो क्यानड्रिभाको पासमा स्पेनिस क्लब बार्सिलोना जाने चर्चामा रहेका लोउटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५२औं मिनेटमा भ्रमणकारी टोलीका मोर्टेनले गोल गर्दै साम्पडोरियालाई खेलमा फर्काउने संकेत दिएएका थिए । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा इन्टर २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै तेस्रो स्थानमा रहेको इन्टरको २६ खेलबाट ५७ अंक पुगेको छ । पराजित साम्पडोरिया २६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ को अर्काे खेलमा एटलान्टाले ससुलोमाथि ४–१ को फराकिलो जित निकालेको छ । एटलान्टाको जितमा डुभान जापाटाले दुई तथा विराट डिजिमसिटीले एक गोल गरे । एक गोल उपहार पाएको थियो ।
ससुलोका मेदी बौरवियाले सान्त्वाना गोल फर्काए । जितसँगै एटलान्टाको २६ खेलबाट ५१ अंक जोडेर चौथौ स्थानमा रहेको छ । ससुलो ३२ अंक जोडेर १२औं स्थानमा छ ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]