default_image

5 years ago

June 22, 2020

जिदानको प्रश्न – ‘रियलले राम्रो खेल्दा रेफ्रीको विवाद किन?’

175 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल सोसीडाडलाई पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लने क्रममा बार्सिलोनालाई पछाडी पार्यो ।

रियलले मैदानभित्र लगातार जित दर्ता गरेपनि मैदानबाहिर भने टोलीलाई लिएर अनेक टिप्पणी हुन थालेका छन् । सोसीडाडविरुद्ध जितपछि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले रियलको मैदानभित्रको प्रदर्शन रेफ्रीबारे अनावश्यक टिप्पणीका कारण छायाँमा परेको बताएका छन् ।

सोसीडाडविरुद्ध खेलमा भिनिसियस जुनियरको पेनाल्टी, अदनान जानुजाजको गोल मान्य नहुनु र बेन्जेमाको गोलले मान्यता पाउँदा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिएका थिए । यी सबै क्षणबारे जिदानलाई खेलपछि पत्रकार सम्मेलनमा प्रश्न गर्दा उनको जवाफ यस्तो थियो :

‘म आफैंले सबै रिप्ले हेर्न भ्याएको छैन । तर मलाई प्राप्त सूचना अनुसार भिनिसियसलाई लडाएकोमा पेनाल्टी थियो र बेन्जेमाको गोल पनि मान्य नै हो । म यसबारे धेरै चर्चा गर्न चाहन्न किनकि मैदानभित्र रेफ्री निर्णय दिन बसेका हुन् र त्यो उनको जिम्मेवारी हो ।’

‘म मात्र यति भन्न चाहन्छु की हामि जितको हकदार थियौं । हाम्रो जितको बारेमा भन्दा रेफ्रीको बारेमा बढी चर्चा हुँदा म आजित भएको छु । कतिले त यसरि कुरा गरेका छन् की हामीले मैदानमा केहि नगरी रेफ्रीले जिताएका हुन् ।’

‘हामी अरुले के भन्छन् त्यसमा नियन्त्रण राख्न सक्दैनौं । हामी मैदानमा जित्न जान्छौं र आज हाम्रो लक्ष्य पूरा भएको छ । हाम्रो मैदानमा प्रदर्शन हेर्दा जितका हकदार थियौं र खेलाडीको मिहिनेतले यो सम्भव भएको हो ।’

यस जितसँगै रियल अंक तालिकाको शीर्षस्थानमा पुगेपनि जिदानले भने उपाधिका बारेमा अहिले नै सोच्ने बेला भइनसकेको प्रष्ट पारे ।

‘अझै धेरै खेल खेल्न बाँकी छ । हामी हरेक तीन दिनमा खेलिरहेका हुन्छौ । प्रत्यक खेलमा दबाब त्यसै किसिमको हुन्छ । यो राम्रो छ की हामि सबैले एउटै लक्ष्य राखेका छौं र उक्त लक्ष्य प्राप्तिका लागि एकतृत भएर अगाडी बढेका छौं ।’

‘आजको जित आवश्यक थियो र हामीले अन्त्यमा ३ अंक हासिल गर्यौं । यसले हाम्रो लक्ष्यमा थप बढावा पुगेको छ । लिगमा अझै ८ खेल बाँकी रहेका छन् । र मलाई लाग्छ अन्तिम खेल नपुग्दासम्म लिगको टुंगो लाग्ने छैन ।’

‘ हामीले अहिलेसम्म केहि पनि प्राप्त गरेका छैनौँ । कोरोनापछि ९ अंक जोडेर हामीले लय समातेका छौँ । अन्त्यसम्म पुग्दा निकै कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । तर हामी लक्ष्यमा दत्तचित्त भएर अगाडी बढ्नेछौं ।’

‘ हामीसँग निकै राम्रो वातावरण सिर्जना भएको छ । खेलाडीहरु पनि सबैले राम्रो प्रतिक्रिया दिइरहेका छन् । हामी सधैं एक कदम अगाडी बढेर सुधार गर्न चाहन्छौं र यो भावनाको विकास सबै खेलाडीमा छ । हामी अहिले यस्तो टोलीसँग छौं जो मात्र जित्न चाहन्छ ।’

सोसीडाडविरुद्ध खेलमा सर्जियो रामोस घुंडाको चोटका कारण दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । फरवार्ड एलेक्जेन्डर इसाकसँग घुँडा जुध्ददा उनी घाइते भएका थिए । जिदानले उनको प्रशंसा गर्दै चोटबारे पनि जानकारी दिए ।

‘ खेल सकिएलगत्तै पनि उनको घुँडामा निकै दुखाइ महसुस भएको थियो । हामीले हेर्दा सामान्य चोट जस्तो देखिएको छ । अब भोली स्थिति हेरेपछि आवश्यक हुँदा विस्तृत परिक्षण गर्नुपर्ने हुन्छ,’ जिदानले भने, ‘ उनी विश्वका सर्वोत्कृष्ट डिफेन्डर हुन् । उनले आफ्नो प्रभाव सबै टोलीमा छाडेका छन् ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.