5 years ago
June 22, 2020
एजेन्सी – रियल म्याड्रिडका हामेस रोड्रिग्वेजले आइतबार रियल सोसिडाडविरुद्ध पहिलो रोजाईमा मौका पाउनु धेरैका लागि आश्चार्यजनक निर्णय थियो । प्रशिक्षक जिनेदिन जिदानले धेरैलाई आश्चार्यमा पर्ने गरि त्यो निर्णय लिएका थिए ।

कोलम्बियन मिडफिल्डरले त्यो मौकालाई भने पूर्ण रुपमा सदुपयोग गर्न सकेनन् । अक्टुबर यता राम्रो प्रदर्शन गर्न नसकेको उनलाई जिदानले करिम बेन्जेमा र भिनिकसुसँगै अग्रपंक्तिमा उतारेका थिए । राइट विङ्समा खेलाइएका हामेस त्यो पोजिसनमा खासै सहज देखिएनन् । टोलीको आक्रमणमा उनी खासै सहभागी भएको देखिएन ।
३० मिनेटपछि उनलाई राइटबाट लेफ्टतर्फ खेल्न लगाइएको थियो । त्यसपछि भने २८ वर्षे खेलाडीको प्रदर्शनमा सुधार देखियो । मध्यान्तरपछि भने उनी बढी समय मिडफिल्डमा खेले । ७८ औं मिनेटमा भने उनको ठाँउमा मार्को एसेन्सियोलाई खेलाएको थियो । तर, जिदानलाई प्रभाव पार्ने मौका भने हामेसले खासै सदुपयोग गर्न सकेनन् ।
जबकी जिदानले कम्तीमा उनलाई यो सिजन मौका दिने निर्णय लिएका थिए । सोसिडाडलाई २–१ ले हराएसँगै बार्सिलोनालाई पछि पार्दै रियल ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । ३० खेलमा समान ६५ अंक जोडेका यी दुई टोलीमा हेड टु हेडका आधारमा रियल शीर्षस्थानमा रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]