5 years ago
June 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रको विवादको असर प्रदेश फुटबल समितिमा पनि पर्न थालेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफुसँग असहमत रहँदै आएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र सदस्य दावा लामालाई अलग अलग समितिको संयोजकबाट गत साता हटाएपछि त्यो विषयमा प्रदेश १ ले त्यसमा ध्यानाकर्ष भएको बताएको छ ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ संयोजक रहेको पदपूर्ती समिति मानार्थ उपाध्यक्ष शिक्षित पराजुली र जिल्ला समन्वय समिति अर्का उपाध्यक्ष वीरबहादुर खड्कालाई दिएको थियो । लामा संयोजक रहेको फुटसल समितिको जिम्मा अर्का सदस्य रत्नकुमार श्रेष्ठलाई दिएको थियो । नेम्बाङ र लामा केहि महिना यता एन्फाका विभिन्न निर्णयमा असहमति र नोट अफ डिसेन्ट लेख्दै आएका छन् ।
एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङबीच देखिएको असझदारीलाई अन्त्य गर्नका लागि प्रदेश १ ले बैठक आव्हान गर्ने पर्ने सोमबार इटहरीमा बसेको बैठकले निर्णय गरेको प्रदेश समितिका अध्यक्ष किशोर राईले बताएका छन् ।
‘अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको असमझादरीले फुटबललाई विनाश तिर लान सक्छ । त्यसतर्फ हामील सबैले सचेत हुनु पर्ने अवस्था छ,’ केन्द्रका मानार्थ उपाध्यक्ष समेत रहेको राईले भने, ‘हिजो हामी सबैले सामूहिक अवधारणका साथ अघि बढेका थियो । त्यो मर्मलाई बिर्सन हुँदैन ।’

राईले आफ्नो नेतृत्वमा प्रदेश १ को टोली केहि समयमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसँग छलफलका लागि राजधानी आउने जानकारी पनि दिए । ‘प्रदेश १ का पदाधिकारी, सल्लाहकार र जिल्ला अध्यक्षको एउटा टोली मेरो नेतृत्वमा राजधानी जानेछ,’ उनले भने, ‘त्यो टोलीले अहिले देखिएको विवाद समाधानका लागि अध्यक्ष र वरिष्ठ उपाध्यक्षसँग छलफल र आवश्यकता पर्दा दबाब पनि दिनेछ । विवाद बढाउने भन्दा पनि अबको बाँकी २ वर्षको कार्यकाल मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।’

बैठकले प्रदेश अन्तर्गतका जिल्ला संघलाई पनि कोभिड १९ को विमा गर्न निर्देशन दिने निर्णय गरेको छ । त्यसका लाग जिल्लाले मात्र नसक्ने अवस्थामा प्रदेशले पनि सहयोग गर्ने अध्यक्ष राईले बताए । त्यस्तै जिल्लाहरुले चालु आर्थिक वर्षका कार्यक्रम असार मसान्त भित्र सक्नु पर्ने पनि निर्देशन दिएको छ ।
त्यस्तै प्रदेशमा हुने सबै खाले प्रतियोगितामा भाग लिने टोलीलाई लाइसन्स प्राप्त प्रशिक्षकले मात्र प्रशिक्षण दिन पाउने व्यवस्था गरेको छ ।राईका अनुसार भदौ तेस्रो साताबाट प्रदेशमा रहेका १४ जिल्ला ए र बी डिभिजन लिग गर्ने निर्णय गरेको छ । त्यस्तै तत्काल प्रदेशका विभिन्न समिति गठन र आर्थिक नियामावली बनाउने निर्णय गरेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]