default_image

5 years ago

June 22, 2020

दबाबमा रहेको युभेन्टसलाई बोलोग्नाको चुनौती

145 views

0 Bookmark

एजेन्सी – साविक विजेता तथा अंक तालिकाको शीर्ष स्थानमा रहेको युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार बोलोग्नाको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको १ :३० बजे सुरु हुनेछ ।

कोप्पा इटालियाको फाइनलमा नेपोलीसँग हार बेहोरेपछि युभेन्टस लिगमा भने आफ्नो पकड कायम राख्न चाहन्छ । सेमिफाइनलमा एसी मिलानविरुद्ध औसत प्रदर्शन गर्दै गोलरहित बराबरीमा रोकिएको युभेन्टस फाइनलमा नेपोलीसँग टाइब्रेकरमा पराजित भएको थियो । लगातार नराम्रो प्रदर्शनपछि सार्रीको रणनीतिमाथि प्रश्न पनि उठ्न थालेको छ ।

युभेन्टसले लिग अन्तर्गत पछिल्लो ६ अवे खेलमध्य ३ खेलमा पराजय भोगेको छ । घरेलु मैदानमा बोलोग्नाको प्रदर्शन राम्रो रहेको छ । बोलोग्नाले लिगमा मात्र ४ खेलमा हार बेहोरेको छ । लिगमा भेरोना (३), इन्टर मिलान (१), लाजियो र युभेन्ट्स (०) ले मात्र घरेलु मैदानमा योभन्दा सुखद नतिजा निकालेका छन् ।

बोलोग्नाले अर्को सिजन युरोपा लिगमा छनोट हुनका लागि निकै  मिहिनेत गर्नुपर्ने देखिन्छ । टोली छैटौं स्थानको नेपालीभन्दा ५ अंक पछाडी रहेको छ । तर घरेलु मैदानमा बलियो नतिजा र युभेन्टसको खस्कँदो प्रदर्शनले बोलोग्नालाई खेलअघि मनोबल भने बढेको छ ।

बोलोग्नाका लागि जार्दी सुटेन, फेडेरिको सान्टान्डेर र माटिया बानी प्रतिबन्धका कारण उपलब्ध छैनन् । बोलोग्नाका लागि मिचेल दिज्क्स भने चोटका आक्रान लामो समयको विश्रामपछि मैदान फर्कने तयारीमा छन् ।

युभेन्टसका ब्राजिलियन डिफेन्डर एलेक्स सान्ड्रो चोटका कारण उपस्थित हुने छैनन् । उनको स्थानमा माटिया डी सिलिओले लेफ्ट ब्याकको भूमिका निर्वाह गर्नेछन् । गोलरक्षकमा जियानलुइजी बुफोनको स्थानमा वोजचिएक सेचेज्नीले खेल्ने सम्भावना रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.