5 years ago
June 23, 2020
एजेन्सी – स्पेनिस ला लिगाको उपाधि दौड रोमाञ्चक मोडमा छ । २९ चरणको खेलको समाप्तीमा अंक तालिकाको शीर्ष दुई टोली बार्सिलोना र रियल म्याड्रिडबीच २ अंकको मात्र अन्तर थियो ।

३० औं चरणमा बार्सिलोना बराबरीमा रोकिँदा रियलले जित हासिल गर्यो । त्यो नतिजाले दुवै टोलीको अंक समान भएको छ । समान ६५ अंक हुँदा हेड टु हेडमा रियल शीर्ष स्थामा पुगेका छ । नयाँ खेल तालिका लाई लिएर रियल असन्तुष्ट बनेको छ ।
म्याच ३३ औं र ३४ औं खेलको तालिका निकाल्दा रियलले त्यसमा आपत्ती जनाएको हो । रियलले ७२ घण्टाको बीचमा गेटाफे र एथ्लेटिक क्लबसँग खेल्नुपर्ने भएको छ । त्यहि खेलको बीचमा साविक विजेता समेत रहेको बार्सिलोनाले भने ५ दिनको विश्राम पाएको छ । रियलले औपचारिक रुपमै त्यो गुनासो दर्ता गराएको छ ।
यद्दपी पछिल्ला वर्षमा यस्तो भएको यो पहिलो पटक भने होइन । यो खेल तालिकालाई रियलले मजाकको संज्ञा दिएको छ । स्थानिय समय अनुसार बिहीबार राती १० बजे खेल्ने रियलले आइतबर दिउँसो २ः ०० बजे अर्को खेल खेल्नुपर्ने छ । जबकी बार्सिलोनाले मंगलबार राती १० बजे खेल खेलेपछि एकै पटक आइतबार राती १० बजे खेल्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]