default_image

5 years ago

June 23, 2020

पहिलो हाफमै रोनाल्डो र डिबालाको गोल

165 views

0 Bookmark

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले पहिलो हाफमै गोल गरेपछि साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार बोलोग्नाविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ ।

सुरुवाती समयमा केहि हतारिएको युभेन्टसले शक्तिशाली आक्रमण भने बुन्न सकेको थिएन । तर २२ औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई तानेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगले पेनाल्टी दिएका थिए ।

उक्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाए । रोनाल्डोको जारी लिग सिजनको यो २२ औं गोल हो । उनले गत सिजन गरेको २१ गोलको प्रदर्शनलाई लिगका ११ खेल बाँकी रहँदै सुधार गरेका छन् । रोनाल्डोले लगातार सातौं अवे खेलमा गोल गरेका हुन् ।

खेलको ३६ औं मिनेटमा पाउलो डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । उनले फेडेरिको बर्नाडेस्कीको ब्याक फ्लिकमा आएको पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरे । ४० औं मिनेटमा रोनाल्डोको क्रसमा डिबालाले गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

यस खेल जितेको खण्डमा युभेन्टसले दोस्रो स्थानको लाजियोभन्दा ४ अंकको अग्रता लिनेछ । हाल युभेन्ट्सको २६ खेलमा ६३ अंक छ भने लाजियो समान खेलमा ६२ अंकसहित पछ्याइरहेको छ । बोलोग्ना २६ खेलमा ३४ अंकसहित १० औं स्थानमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.