5 years ago
June 23, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले मंगलबार राती घरेलु मैदान क्याम्प नोउमा एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १:४५ (बुधबार विहान) बजे हुनेछ ।

लिगको ३० औं चरणको खेल सकिँदा रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा छ । अघिल्लो साता बार्सिलोना शीर्षस्थानमा रहेपनि सेभिल्लाविरुद्ध बराबरी खेलेपछि रियलले शीर्षस्थानमा उक्लने अवसर पाएको थियो । रियल म्याड्रिडले रियल सोसीडाडलाई पराजित गर्दै बार्सिलोनासँग अंक बराबर गर्न सफल रहयो ।
सिजन अवधिभर बार्सिलोना र रियल म्याड्रिड पालैपालो शीर्षस्थानमा पुगिरहेका छन् । बिल्बाओलाई पराजित गर्न सके बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा पुग्ने छ । तर रियलले एक खेल कम खेलेको अवस्थामा टोलीलाई आफ्नो खेलमा जित हात पारे पुन: माथि पुग्ने अवसर हुनेछ । हेड टु हेडमा दुई टोलीको नतिजा हेर्दा रियल अगाडी रहेकाले अंक बराबरीको स्थिति बार्सिलोनालाई फाइदाजनक छैन ।

बिल्बाओ अंक तालिकाको नवौं स्थानमा छ । युरोपा लिगमा स्थान बनाउन कसरत गरिरहेको बिल्बाओ अनुकुल नतिजा आएको खण्डमा च्याम्पियन्स लिग स्थानसम्म पनि पुग्न सक्ने अवस्था रहेको छ । बिल्बाओ उच्च लयमा रहँदै पछिल्लो पाँच खेलमा अपराजित रहेको छ ।
बार्सिलोना र बिल्बाओबीच यसै सिजन भएको पहिलो खेलमा घरेलु टोलीले सान मामेसमा १-० को जित दर्ता गरेको थियो । उक्त खेलमा बिल्बाओका लेजेन्ड अरिट्ज अडुरिजले सानदार एक्रोब्याटिक गोल गर्दै जित दिलाएका थिए । अडुरिज चोटका कारण पुनरागमन गर्न नसक्दा बिल्बाओबाट बिदा भइसकेका छन् ।
बार्सिलोनाका लागि यस खेलमा मिडफिल्डर फ्रान्की डे जोङ चोटका कारण उपलब्ध हुने छैनन् । उनको स्थानमा आर्थरले मिडफिल्ड सम्हाल्ने सम्भावना रहेको छ । डिफेन्डर सर्जी रोबर्टो र विंगर ओस्मान डेम्बेले पनि चोटका कारण उपस्थित रहने छैनन् । पछिल्लो खेलमा सुरुवात गरेका मार्टिन ब्रेथवेट यस खेलमा बेन्चमा रहने सम्भावना रहेको छ ।

बार्सिलोना घरेलु मैदानमा भएको पछिल्लो २७ खेलमा अपराजित रहेको छ । बार्सिलोनाले पछिल्लोपटक २ वर्षअघि बेटिससँग ४-३ ले पराजित भएको थियो । बार्सिलोनाले बिल्बाओसँग घरेलु मैदानमा खेलेको पछिल्लो २२ खेलमा हार बेहोरेको छैन ।
बिल्बाओ पछिल्लो ५ खेलमा अपराजित रहने क्रममा ३ जित र २ बराबरीको नतिजा हासिल गरेको छ । बार्सिलोनाले बिल्बाओविरुद्ध खेलेको पछिल्लो तीन खेलमा गोल गर्न सकेको छैन । यता बार्सिलोना भने लगातार पछिल्लो ४ खेलमा क्लिन सिट राख्दै उच्च लयमा रहेको संकेत दिएको छ ।
बार्सिलोनाका कप्तान लिओनेल मेस्सीका लागि बिल्बाओ सबैभन्दा सहज टोलीमध्य एक रहेको छ । मेस्सीले बिल्बाओविरुद्ध मात्र २४ गोल र १० असिस्ट प्रदान गरेका छन् । मेस्सीले बिल्बाओविरुद्ध मात्र ३ पटक हार बेहोरेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]