5 years ago
June 23, 2020
एजेन्सी – कोरोना भाइरसका कारण विश्व खेलकुदका सम्पूर्ण गतिविधि स्थगित हुँदा रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो चोटका कारण विश्राममा थिए ।

कोरोनाका कारण झन्डै ३ महिना लिग स्थगित भएपछि गत साताबाट स्पेनिस लिग सुचारु भएको छ । सिजनको मध्यतिर खराब लयका कारण लेफ्ट ब्याक भूमिकामा मार्सेलो र फर्लान्ड मेन्डीबीच निकै प्रतिस्पर्धा थियो । मार्सेलो घाइते भएसँगै मेन्डी जिदानको पहिलो रोजाईका खेलाडी बने ।
तर कोरोनाका कारण लिग फर्किएपछि भने मार्सेलोले गजबको प्रदर्शन गर्दै आएका छन् । जिदानले पहिलो खेलमा नै सुरुवाती रोजाईमा उतारेपछि रियल म्याड्रिडका उपकप्तान समेत रहेका मार्सेलोले सुरुवाती रोजाईमा आफ्नो स्थान पक्का गरेका छन् ।

एइबारविरुद्ध पहिलो खेलमा मार्सेलोले गोल गरेका थिए । त्यसपछि रियल सोसीडाडविरुद्ध खेलमा मार्सेलोले भिनिसियस जुनियरसँग मैदानको बायाँ भागमा उत्कृष्ट तालमेल देखाए । रक्षात्मक रुपमा सुदृढ मार्सेलोले आक्रामक भूमिकामा पनि रियलमा निकै सहयोग पुर्याएका छन् ।
कोरोनाअघि जिदानले मेन्डीलाई प्रमुख खेलमा मौका दिँदै उनी पहिलो रोजाईमा रहेको संकेत दिएका थिए । म्यानचेस्टर सिटी, एटलेटिको म्याड्रिड अनि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा मेन्डीले नै सुरुवात गरेका थिए । तर पछिल्लो समय भने मार्सेलो खेल्दै आएका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]