5 years ago
June 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफु मातहतका सरोकारवालाई राहत उपलब्ध गराउन सुरु गरेको छ । फिफाको सहयोगमा एन्फाले कारोना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत वितरणको निर्णय गरेको थियो ।

जसमा पहिलो चरणमा १३ जिल्ला र १२ क्लबले ७५ हजारका दरले मंगलबार रकम प्राप्त गरेको एन्फाले जनाएको छ । यसरी राहत लिने जिल्लामा सिरहा, बारा, महोत्ती, काभ्रे, चितवन, गोरखा, नवलपुर, बर्दिया, नवलपरासी, सुनसरी, सप्तरी, मकवानपुर र बागलुङ छन् ।
राहत लिने क्लबमा संकटा, थ्री स्टार, सरस्वती, मध्यपुर युथ एसोसियन, सातदोबाटो युथ, ब्वाइज युनियन, खुमलटार, श्री भगवती, खालीबारी युवा, वीरगन्ज युथ, मनहारा युनाइटेड र झापा फुटबल क्लब छन् । ७५ हजारका दरले मंगलबार एन्फाले १८ लाख ७५ हजार रुपैयाँ वितरण गरेको हो । एन्फाले प्रक्रिया पुरा गरेकार्लाइ राहत वितरण सुरु गरिएको र अन्यलाई पनि प्रक्रिया पुरा गर्न आग्रह गरेको छ ।
एन्फाले १ करोड रुपैयाँ भन्दा बढी राहतमा वितरण गर्दैछ । जसमा जिल्ला, क्लबसहित राष्ट्रिय खेलाडी, रेफ्री, प्रशिक्षक, कर्मचारी छन् । राहतको सिफारिसका लागि एन्फाले केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ संयोजक रुपेश अधिकारी र उत्तमराज भण्डारी सदस्य रहेको राहत वितरण समिति गठन गरेको थियो ।
एन्फाले राष्ट्रिय महिला र पुरुष टोलीमा रहेका ३५/३५ खेलाडीलाई समान १५ हजारका दरले राहत दिने निर्णय गरेको थियो । जसलाई एन्फाले खुराक खर्च भनेको छ । एन्फाले आफु मातहतका ४८ जिल्ला, ए डिभजनका १४ क्लब, बी डिभिजनका १२ क्लब र सी डिभिजनका १४ क्लबलाई समान ७५ हजारको दरले राहत उपलब्ध गराउने भएको छ । एन्फाका ४ सदस्य समिति (प्रशिक्षक, खेलाडी, महिला र रेफ्री) लाई पनि समान रुपमा राहत वितरण गरिनेछ ।
त्यस्तै एन्फाबाट स्वीकृति मोफसलमा सञ्चालन गर्ने फुटबल प्रतियोगिता आयोजक क्लबलाई प्रति क्लब ७५ हजार रुपैयाँ दिने निर्णय भएको र त्यस्तो संंख्या झन्डै ३० वटा हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिएका थिए । एन्फाले आफ्ना १ सय ५० कर्मचरी, शनिबारको प्रशिक्षण सञ्चालन गर्ने २४ प्रशिक्षक, ३० रेफ्री र रेफ्री एसेसरलाई जनही १० हजार रुपैयाँका दरले राहत प्रदान गरिने बताइएको थियो । फिफाले कोभिड १९ कै कारण निर्धारित समय अघि नै ५ लाख अमेरिकी डलर आफ्ना सदस्य राष्ट्रलाई पठाइसकेको छ ।
एन्फाले राहत दिने विस्तृत विवरण
– ४८ जिल्ला संघ प्रति जिल्ला ७५ हजार रुपैयाँ (कुल-३६ लाख रुपैयाँ)
– ४ सदस्य समिति, प्रति समिति ७५ हजार (कुल- ३ लाख रुपैयाँ)
– १४ ए डिभिजन क्लब, प्रति क्लब ७५ हजार रुपैयाँ (कुल – १० लाख ५५ हजार रुपैयाँ)
– १२ बी डिभिजन क्लब, प्रति क्लब ७५ हजार (कुल – ९ लाख रुपैयाँ)
– १४ सी डिभिजन क्लब, प्रति क्लब ७५ हजार (कुल – १० लाख ५० हजार रुपैयाँ)
– एन्फाबाट स्वीकृति मोफसलका ३० प्रतियोगिता आयोजन समिति, प्रति क्लब ७५ हजार (कुल – २२ लाख ५० हजार रुपैयाँ)
– शनिबारिय प्रशिक्षक २४, जनही १० हजार रुपैयाँ (कुल – २ लाख ४० हजार रुपैयाँ)
– एन्फा कर्मचरी १५०, जनही १० हजार रुपैयाँ (कुल – १५ लाख रुपैयाँ)
– रेफ्री/रेफ्री एसेसर ३० जना, जनही १० हजार (कुल- ३ लाख रुपैयाँ)
– राष्ट्रिय खेलाडी महिला/पुरुष ७० जना, जनही १५ हजार रुपैयाँ (कुल – १० लाख ५० हजार रुपैयाँ)
जम्मा राहत वितरण रकम – १ करोड २२ लाख ४० हजार रुपैयाँ
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]