5 years ago
June 24, 2020
एजेन्सी – ला लिगाको पुनः नयाँ तालिका सार्वजनिक हुँदा खेलाडीलाई आरामका हिसाबले बार्सिलोनालाई भन्दा रियल म्याड्रिडलाई फाइदा पुगेको छ । ३३ औं र ३४ औं चरणको खेलपछि बार्सिलोनालाई भन्दा रियलले २६ घन्टा बढी आराम पाउने भएको छ । यसअघिको खेल तालिकामा रियलले आपत्ती जनाएको थियो ।

स्पेनिस लिगमा हरेक खेल पछि नयाँ नयाँ विवाद देखिइरहेका छन् । कहिले रेफ्री, भिएआर र कहिले ला लिगाको खेल तालिकालाई लिएर गुनासो रहने गरेको छ । ला लिगामा बार्सिलोना र रियल उपाधि दौडमा छन् । त्यसैले यी दुई टोलीका बीचमा रहेका प्रसंग पनि त्यतिकै चासको साथ हेरिन्छ ।
३४ औं चरणको खेलपछि बार्सिलोनाले भन्दा रियलले बढी आराम पाउन लागेको हो । यो सिजन कोभिड १९ का कारण फुटबलमा पनि धेरै सम्झौता गर्नुपरेको छ । जुलाई भित्र जारी सिजन सक्नुपर्ने बाध्यताका बीच खेल अघि बढेका छन् । जसका कारण टोलीहरुले एक खेल देखि अर्को खेलको बीचा ७२ घन्टा जत्तिको मात्र आराम पाइरहेका छन् ।
कोरानाका कारण टोलीहरुले विना दर्शक, सामाजिक दुरी र अन्य स्वास्थ सर्तकताका साथ खेल्नु परिरहेका छ । कतिपय अवस्थामा एउटा क्लबले भन्दा अर्को क्लबले बढी आराम पाइरहेको हुन्छ । सबैको एउटै अवस्था हुन सकेको छैन ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]