default_image

5 years ago

June 24, 2020

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा उक्लियो

229 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । साविक विजेता बार्साले मंगलबार रातीको खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को जित दर्ता गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा इभान राकीटिचले दोस्रो हाफको मध्यतिर गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । बार्सिलोनाले लगातार बल पोसेसन राख्दै दबाब बनाएपनि बिल्बाओको रक्षात्मक रणनीति तोड्न हम्मेहम्मे परेको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

राकीटिचले खेलको ७१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिओनेल मेस्सीले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्न खोजेको बल डिफेनडरलाई लाग्दै फुस्किएपछि राकीटिचले पहिलो टचमा नै गोल गरेका थिए । राकीटिचले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ६ मिनेटपछि नै गोल गरेका थिए ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३१ खेलमा ६८ अंक रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३० खेलमा ६५ अंक छ । रियलले बुधबार घरेलु मैदानमा मालोर्काविरुद्ध जित दर्ता गरे शीर्षस्थानमा उक्लनेछ । बिल्बाओ भने ३१ खेलमा ४२ अंकसहित दशौं स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.