default_image

5 years ago

June 24, 2020

शीर्षस्थानमा उक्लन रियलले मालोर्कासँग खेल्दै

183 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रियल म्याड्रिडले घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा मालोर्काको सामना गर्दैछ । खेल नेपाली समयानुसार बिहिबार बिहान १:४५ बजे सुरु हुनेछ ।

रियललाई लिगको शीर्षस्थानमा फर्कनका लागि मालोर्काविरुद्ध जितको विकल्प छैन । रेलिगेसन क्षेत्रमा रहेको मालोर्का कोरोना संक्रमणपछि खराब लयमा रहेको छ । यता रियलले भने लगातार जित दर्ता गर्दै लिग उपाधि होडमा पकड बनाएको छ । रियलले लिगका बाँकी सबै खेल जितेमा उपाधि कब्जा गर्नेछ ।

कोरोनाअघि रियलले दुई हार बेहोरेर खराब लयमा थियो । तर कोरोनापछिको लय र बार्सिलोनाले सेभिल्लाविरुद्ध बराबरी खेलेपछि रियल म्याड्रिड हेड टु हेडको आधारमा अंक तालिकाको शीर्षस्थानमा उक्लियो । सोसीडाडविरुद्ध जितमा रियलको प्रदर्शन अपेक्षित नरहेपनि ३ अंक हासिल गर्नु सुखद पक्ष थियो ।

रियलले कोरोनापछि खेलेका ३ खेलमा ८ गोल गरेको छ । जिदानले लिगको कमजोर मध्यको टोलीविरुद्ध केहि परिवर्तन गर्ने सम्भावना छ । यता मालोर्का भने रेलिगेसनबाट जोगिन रियलको मैदानबाट कम्तिमा एक अंक जोड्न चाहन्छ । रियलबाट लोनमा मालोर्का पुगेका जापानी विंगर टाकेफुसा कुबोले आफ्नो अभिभावक क्लबविरुद्ध बलियो प्रदर्शन गर्दै अर्को सिजन टोलीमा स्थान बनाउन प्रयास गर्नेछन् ।

रियलका लागि इडेन हाजार्डले खेल्ने नखेल्ने पक्का छैन । मिडफिल्डर इस्को प्रशिक्षणमा फर्किएसँगै टोलीमा समावेश हुने सम्भावना छ । क्यासेमिरो प्रतिबन्धमा रहेका कारण लुका मोड्रीचले मिडफिल्ड सम्हाल्न सक्छन् । डिफेन्डर तथा कप्तान सर्जियो रामोस पनि खेल्नेमा शंका रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.